कोरोनाका कारण देशभरका संरचना गतिबिधि बिहिन !!

Mulpani Cricket Stadium

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ | कोरोनाले खेलकुद गतिविधिलाई ठप्प पारेसँगै खेलकुद संरचनामा पनि प्रयोगमा आउन सकेका छैनन् ।

दुई वर्षदेखी सिमित मात्र खेलकुद गतिविधि हुँदा केही संरचनामा मात्र प्रयोगमा आएका छन् भने केही संरचना कोरोना महामारी फैलिएसँगैै थलिएका पनि छन् । नेपाली खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आफू मातहतमा रहेका संरचना धेरैै स्थानमा व्यवस्थित भएको दावी गरेको छ ।

७७ वटै जिल्लामा राष्ट्रिय खेलकुद परिषदका संरचना रहेका छन् । केही संरचनाको आफ्नै नाममा लालपुर्जा रहेको छ भने केही भोगचलनको आधारमा सञ्चालन भइरहेका छन् । तर पछिल्लो समय कोरोनाका कारण केही संरचना प्रयोगमा आएका छैनन् ।

खेलकुद गतिविधिलाई चलायमान बनाउने संस्था राष्ट्रिय खेलकुद परिषद (राखेप) ले देशै भर रहेका आफू मातहतका पूर्वाधार व्यवस्थित भएको बताएको छ । सबै ठाँउका पूर्वाधार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको र केही ठाउमा व्यवस्थित गर्न बाँकी रहेको खेलकुद विभाग प्रमुख कुलबहादुर थापाले बताए ।

देश अहिले संघिय संरचनामा चलिरहेको छ । तर राखेपले भने अझै आफ्ना गतविधि संघीय ढाँचामा सञ्चालन गर्न सकेको छैन । जारी भएको नयाँ खेलकुद ऐनमा नियामावली बन्न बाँकी छ भने राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक गठन भएपछि एक पटक पनि बस्न सकेको छैन ।
Rastriya Khelkud Parishad

जसले गर्दा पूर्वाधार निमार्णका काम देखी संघीय ढाँचामा ढाल्न राखेपलाई ढिलाई भइरहेको छ । बिनियोजन भएको बजेट अपर्याप्त हुँदा फ्रिज भइरहेको छ । रंगशाला र बृहत रंगशाला एकैपटक निर्माण गर्न पर्याप्त बजेट नहँदा समयमा पूरा गर्न नसकेको खेलकुद विभाग प्रमुख कुलबहादुर थापाले बताए ।

खेलकुद विभाग प्रमुख थापाले खेलकुद परिषद पनि छिट्टै नयाँ संरचना जाने बताएका छन् । हरेक वर्ष बजेट भाषणमा देशका विभिन्न रंगशाला निमार्णका लागि बजेट विनियोजन गरिने भने पनि खण्ड खण्डमा आउने बजेटले राष्ट्रिय गौरवको योजना पनि समयमा सम्पन्न हुन ढिलाई भएको थापाले बताए ।

Mulpani Cricket Stadium
Mulpani Cricket Stadium

मूलपानी क्रिकेट मैदानमा बाटो र सानो वस्तीका कारण सम्पन्न हुन ढिलाई भएको बताउदै थापाले पोखरामा नवौ राष्ट्रिय खेलकुद गर्नका लागि केही मात्र पूर्वाधार आवश्यक भएको बताए । अहिले पोखरा रंगशाला बनाउने काम तिब्र गतिमा अगाडि बढेको भन्दै थापाले सुटिङ हल, पौडी पोखरी र फ्लड लाइट राख्ने काम यसै वर्ष हुने बताए ।

नेपाली खेलकुद प्रविधिसँग अभ्यस्त हुन सकेको छैन । पुरानै विकाश क्षेत्रीय र अञ्चलस्तरीय ढाँचामा चलेको छ ।

Leave a Reply

Next Post

दिपक चहारको नायकिय पारीमा भारतको श्रीलंकाबिरुद्द सनसनीपूर्ण जित !!

Tue Jul 20 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको श्रीलंकालाइ तिन एकदिवसीय शृंखला अन्तर्गतको दोस्रो खेलमा तिन विकेटले पराजित गर्दै भारतले शृंखलालाइ आफ्नो बनाएको छ। फर्नान्डो र भानुकाको सुरुवाती साझेदारी ७७ रनको हुदा, श्रीलंकाले राम्रो सुरुवात गरेको थियो। उक्त साझेदारीमा भानुकाको ३६ रनको योगदान रहेको थियो, जस अन्तर्गत […]
%d bloggers like this: