कोलकाता विरुद्ध गुजरात टाईटान्सको रोमान्चक जित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कोलकाता नाइट राईडर्स विरुद्ध ८ रनको रोमान्चक जित निकाल्दै गुजरात टाईटान्सले जारि आइपिएलमा लगातर तेस्रो जित निकालेको छ।

गुजरातले दिएको १५७ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै केवल १४८ रन जोड्न सक्यो।

वेस्ट इन्डियन अलराउन्डर आन्द्रे रसेलले २५ बलमा सर्बाधिक ४५ रनको विस्फोटक पारी खेलेपनि टोलिलाई जित दिलाउन सकेनन्।

गुजरातकै जस्तो औसत ब्याटिंग गरेको कोलकाताका लागि रसेलले बाहेक अन्य ब्याट्सम्यानले राम्रो पारी खेल्न सकेनन्।

ओपनरद्वय साम बिलिंग्स र सुनिल नाराइन ४ र ५ रन बनाउदै पेभेलियन फर्किदा कप्तान श्रेयस अईयरले १२ रन जोडे।

रिंकु सिंहले ३५ रन बनाए भने भेनकटेस अईयरले १७ रन बनाउदा अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।

कोलकाता विरुद्ध रोमान्चक जित निकाल्ने क्रममा गुजरातका बलरहरुले राम्रो प्रदर्शन गरे।

मोहम्मद शामी, राशिद खान र यस दयालले समान २-२ विकेट लिंदा अल्जारी जोसेफ र लकी फर्गुसनले समान एक एक विकेट आफ्नो नाम गरे।

यसअघि टस जितेर ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५६ रन बनाएको थियो।

उसका लागि कप्तान हार्दिकले बाहेक अन्य ब्याट्सम्यानले खुलेर प्रदर्शन गर्न सकेनन्।

कप्तान हार्दिक पान्ड्याले लगातार तेस्रो अर्धशतक प्रहार गर्दै ४९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ६७ रन जोडेका थिए।

ओपनर ऋद्धिमान शाह २५ बलमा २ चौका र १ छक्कासहित २५ रनमा आउट भए। डेविड मिलर २० बलमा १ चौका र २ छक्का प्रहार गर्दै २७ रनमा आउट हुँदा राहुल टेवाटियाले १७ रन बनाए।

कोलकाताका लागि पेस बलर टिम साउथीले ४ ओभरमा २४ रन दिंदै ३ विकेट लिए।

सर्बाधिक विकेट लिएका आन्द्रे रसेलले १ ओभरमा केवल ५ रन खर्चिदै ४ विकेट लिए । उमेश यादव र शिवम माभीको नाममा १–१ विकेट रह्यो ।

Leave a Reply

Next Post

हैदराबाद विरुद्ध बैंगलोरको लज्जास्पद ब्याटिंग

Sat Apr 23 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इण्डियन प्रिमियर लिग अन्तर्गत शनिबारको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले हैदराबाद विरुद्ध लज्जास्पद ब्याटिङ गरेको छ। आईपीएल इतिहासकै छैठौ कम स्कोरमा समेटिने क्रममा पहिले ब्याटिंग गर्दै, बैंग्लोरले केवल ६८ रन बनाउँदा आफ्नो सबै विकेट गुमाउन पुगेको हो।  बेङ्गलोर यसअघि कोलकत्ता नाइट राइडर्स विरुद्ध ४९ रनमा समेटिएको थियो। […]
%d bloggers like this: