कोहलीको कप्तानी पारीमा भारतको शानदार जित !!

हाम्रो नेपाल स्पोर्ट्स , काठमाडौ | कोहलीको कप्तानी पारीमा भारतको उत्कृष्ट जित !!

पहिलो खेलमा लज्जास्पद हार बेहोरेको भारतले आज भएको दोस्रो खेलमा सात विकेटको जित निकाल्न सफल भएको छ।

टस जितेर पहिला बलिङ्ग गर्ने निर्णय गरेको भारतले इङ्ग्ल्यान्डलाइ १६४ रनमा रोक्न सफल भयो। भारतका लागि शर्दुल ठाकुरको प्रदर्शन प्रभाबकारी रहन पुग्यो। इङ्ग्ल्यान्डका लागि जेसोन रोयले ४६ र मोर्गानले २८ रन जोड्दा अरु ब्याट्सम्यानको उल्लेखनीय योगदान रहेन।

England vs India

१६५ रनको लक्ष्य पछ्याएको भारतले पहिलो ओभरमै आफ्नो ओपनर के एल राहुललाइ गुमाउदा अर्का ओपनर इशान किसानले ५४ रनको आकर्षक र महत्त्वपूर्ण पारी खेले। रिशब पन्तले आफ्नो छोटो पारीमा २४ रन जोड्दा कप्तान कोहलीले भने अन्तिम समयसम्म डटेर ७३ रनको अबिजित पारी खेल्दै आफ्नो टोलिलाइ जित दिलाए।

यस सङ्गै यस शृङ्खलामा बराबरी भएको छ र अब तीन खेल खेलिन बाकी छ।

Leave a Reply

Next Post

नेपालले एकदिबसिय मान्यता पाएको तीन बर्ष पूरा !!

Mon Mar 15 , 2021
हाम्रो नेपाल स्पोर्ट्स , काठमाडौ | आजकै दिन हासिल गरेको थियो नेपालले एकदिबसिय मान्यता !! पपुवा न्यु गिनि बिरुद्द ६ विकेटको उत्कृष्ट जित निकाल्दै नेपालले इतिहासमा पहिलो पटक एकदिबसिय मान्यता कायम गरेको थियो। १४ खर्चेर ४ विकेट र ५० रनको अबिजित पारी खेल्दै दिपेन्द्र सिङ ऐरिले टोलिलाइ अग्रता दिलाएका थिए […]
Nepal wins over PNG to secure ODI Status
%d bloggers like this: