हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन च्याम्पियन्स लिगमा समूह चरणको खेल सकिँदा प्रतियोगिताको ट्रफीसँगै शीर्ष गोलकर्ता को बन्लान भन्ने चर्को बहस चल्ने गरेको छ।
सधै युरोपका शीर्षक खेलाडीले दबाब बनाइराख्ने यस प्रतियोगितामा यसपटक पनि केही सिजन यता उत्कृष्ट फर्ममा भएका अनुहार हरुले नै प्रायः शीर्षको तालिकामा आफ्नो नाम बनाएका छन्।
यसपटक शीर्ष गोलकर्ताको सूचीमा पाँचौं स्थानमा रहेका रोनाल्डो (६) लाई आयक्सका हालेर (१०), बायर्न म्युनिखका लेभान्डोस्की (९), लिभरपुलका मोहम्मद साला (७) र लाईपजीगका इनकुन्कु (७) ले पछाडि छाडेका छन्।
क्रिष्टियानो रोनाल्डोलाई यस पटक म्यान्चेस्टर युनाइटेडको ट्रान्सफरमा राम्रो अथवा नराम्रो कदम भनेपनि उनले गोल गर्न भने छोडेका छैनन्।
आफ्नो व्यवसायिक करियरमा च्याम्पियन्स लिगमा ६ पटक शिर्ष गोलकर्ता बनिसकेका रोनाल्डो यसपटक पनि लिगमा राम्रो लयमा देखिएका छन्।
बायर्न म्युनिखको अहिलेको उत्कृष्ट लयलाई हेर्ने हो भने टोलीले पक्कैपनि सेमिफाइनलको समीकरण पूरा गर्ने देखिन्छ। यस्तोमा करियरकै उच्च लयमा रहेका लेवान्डोस्कीले आफ्नो गोल संख्यालाई थप उचाईमा पक्कै पुर्याउलान।
बायर्न म्युनिख जस्तै यसपटक लिभरपुल पनि उच्च लयमा देखिएको हुँदा मोहम्मद सालाले आफ्नो उच्च लयलाई समात्न सके च्याम्पियन्स लिगमा पहिलो पटक सिजनको शीर्ष गोलकर्ता बन्न सक्छन्।
समूह चरणका खेल सकिँदासम्म १० गोलका साथ शीर्ष स्थानमा बसेका आयक्सका हालेरले यसपटक शीर्ष गोलकर्ता बन्ने प्रबल सम्भावना रहेको छ। हालेर सँगै आयक्सले आफ्नो राम्रो फर्मलाई कायम राख्न सके धेरैलाई चकित पार्दै यसपटक च्याम्पियन्स लिगको उपाधि जित्न सक्छ।
पेरिस सेन्ट जर्मनका स्टार खेलाडी लिओनल मेस्सी बने यसपटक केवल ५ गोल गरेका छन् भने शीर्ष ५ मा अटाएका छैनन्। तर मेस्सीको क्षमतालाई नकार्न सकिँदैन।
जुन सुकै समयमा फर्ममा आउन सक्ने मेस्सी सँगै पेरिसको टोली राम्रो भएका कारण प्रतियोगितामा स्थान अझै पर सम्म देखिएकाले मेस्सीले पक्कै पनि शीर्ष गोलकर्ता बन्दै पेरिसलाई आफ्नो पहिलो युरोपियन उपाधि जिताउन सक्छन्।
तर समय चरणको जस्तै नक आउट चरणमा खेलहरु सजिलो नहुने भएकाले उल्लेखित शीर्ष खेलाडीहरु मध्येका टोलीले कहाँ सम्म को यात्रा गर्छन, त्यसले यस सिजनको शीर्ष गोलकर्ताको खिताब जित्ने जस्तो देखिन्छ।