क्यानडा भ्रमणका लागि राष्ट्रिय टोलि घोषणा, तालिकामा फेरबदल

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्ड सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा भ्रमण गर्ने भएको छ। 

क्यानडा भ्रमणका लागि नेपाल क्रिकेट सङ्घ क्यानले आज कप्तान सन्दिप लामिछानेको नेतृत्वमा १४ सदस्यीय टोली घोषणा गरेको छ। 

कप्तान सन्दिप लामिछाने सँगै टोलीमा उप कप्तान रोहित पौडेल विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी र आसिफ शेख रहेका छन् भने पवन सर्राफले पनि मौका पाउने भएका छन्। 

भिसा र टिकट का कारणले नेपालले क्यानडा विरुद्धको खेलको तालिका फेरबदल गरेको छ। 

आउँदो २८ तारिख देखि अन्तर्राष्ट्रिय टीट्वेन्टी शृंखला हुनेभन्दा पनि, नेपाली क्रिकेट टोली समयमै क्यानडा पुग्न नपाउँदा टीट्वेन्टी शृंखला भने स्थगित हुने भएको छ। 

नेपालले क्यानडा विरुद्ध अब दुईवटा एकदिवसीय खेल खेल्नेछ। खेल जुलाई  ४ र जुलाई ५ मा खेलाईनेछ।

एकदिवसीय सिरिज सुरु हुनुभन्दा अगाडि नेपालले १ तारिखमा क्यानडाको स्थानीय टोलीविरुद्ध अभ्यास खेल खेल्नेछ। 

क्यानडामा एकदिवसीय सिरिज पश्चात नेपाली क्रिकेट टोली स्कटल्यान्डको भ्रमणकालागि निस्कनेछ।

स्कटल्यान्ड भ्रमणमा नेपालले नामिबिया र घरेलु टोली स्कटल्यान्ड संग आफ्नो पाचौं त्रिकोणात्मक एक दिवसीय सिरिजमा खेल्नेछ। 

हाल विश्व क्रिकेट लिग २ को तालिकामा पाँचौ स्थानमा रहेको नेपाली टोलि जारि प्रतियोगितामा संघर्षरत रहेको छ।

अमेरिकामा ओमान र घरेलु टोली संयुक्त राज्य अमेरिका विरुद्ध भएको श्रृंखलामा नेपालले दुईमा पराजय एकमा बराबर र एक जितको नतिजा निकालेको थियो।

प्रतियोगिताको शीर्ष पाँचमा रहने टोलीले भारतमा सन् २०२३ मा भारतमा हुने एकदिवसीय क्रिकेटको छनोट चरणमा सहभागिता जनाउन पाउनेछन्। 

नेपाली टोलि :

सन्दीप लामिछाने, आदिल अन्सारी, रोहित पौडेल, बशीर अहमद, कुशल भुर्तेल, किशोर महतो, आसिफ शेख, पवन सर्राफ, देव खनाल, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी

 

Leave a Reply

Next Post

बायर्नद्वारा रोनाल्डोको ट्रान्सफर अस्विकार

Sun Jun 26 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्यन म्युनिखले म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोका लागि प्रस्ताव गरिएको रिपोर्टमा सत्यता नरहेको बताएको छ। हालैका धेरै रिपोर्टहरूले बायर्नले रोनाल्डोका लागि कदम चाल्न सक्ने सुझाव दिए पनि बायर्नले ती रिपोर्टहरू निरर्थक भएको दाबी गरेको छ। लेभान्डोस्कीले बायर्न म्युनिख छाड्ने हल्ला व्यापक भएसँगै क्रिस्टियानो रोनाल्डो उनको प्रतिस्थापनमा अाउने इटालियन […]
%d bloggers like this: