क्यानडा विरुद्ध नेपालको शानदार जित, विश्वकपबाट एक कदम पर

हम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइसीसी विश्वकप छनौट अन्तर्गत समुह चरणको तेस्रो खेलमा क्यानडालाई ८ विकेटले हराउदै नेपाल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।

प्रतियोगितामा एकमात्र अपराजित टोलि बन्दै नेपालले सेमीफाइनलको यात्रा तय गरेको हो।

क्यानडाले दिएको ८१ रनको लक्ष नेपालले १४.१ ओभरमा केवल दुई विकेटको नोक्सानीमा पुरा गर्दै शानदार जित निकालेको थियो।

नेपालको जितमा ओपनर १७ रनको योगदान गरेका थिए। कुशल मल्ल भने डक आउट हुँदै एकपटक पुनः निराश बनाएका थिए।

ओपनर कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले अविजित रहदै ५८ रनको साझेदारी गरेपछि नेपालले जित हात पारेको थियो।

कुशलले ३७ बलमा ३ चौकाको मद्दतले ३४ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ३१ बलमा ३ चौकाको मद्दतले २७ रन जोडे।

यस अघि नेपाली बलर सामु फिक्का देखिएको क्यानेडियन टोलि १५ ओभरमा ८० रनमा समेटिएको थियो। उसका लागी तल्लो क्रमका ब्याट्सम्यान डीलियोन हेलिंगरले सर्बाधिक २४ रन बनाएका थिए।

नेपालका तर्फबाट कप्तान सन्दिप लामिछानेले एकपटक फेरी धारिलो बलिंग गर्दै ४ ओभरमा केवल १२ रन दिएर ३ विकेट लिएका थिए। त्यसैगरि कमल सिंह ऐरी र अविनाश बोहोराले समान दुई दुई विकेट लिदा कुशल मल्लले एक विकेट आफ्नो नाममा गरे।

अस्ट्रेलियामा यसै बर्ष हुने टि ट्वान्टी विश्वकपबाट नेपाल अब केवल एक खेल पर रहेको छ। सेमीफाईनलमा नेपालले पुरानै प्रतिद्वन्दी युएईको सामना गर्ने भएको छ।

मंगलबार हुने सेमीफाइनल नेपालले आफ्नो पक्षमा पार्न सके नेपालले सन् २०१४ पश्चात पुनः विश्वकपमा पाइला राख्नेछ।

Leave a Reply

Next Post

युएई विरुद्ध कुशल र दिपेन्द्र बाहेक अरुले पनि रन बनाउन जरुरि छ

Mon Feb 21 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आईसिसि टि ट्वान्टी विश्वकप २०२२ मा छनौट हुन केवल एक खुड्किलोको रुपमा नेपालले भोलि युएई विरुद्ध मैदानमा उत्रदैछ समूहमा शत प्रतिशत जित निकाल्दै शिर्ष स्थान हात पारेको नेपाली टोलीले बलिंगमा अब्बल प्रदर्शन गरेको छ। सामान्यतया टि ट्वान्टी खेलमा प्रतिद्वन्दीलाई अल आउट गर्नु बिरलै हुने गर्दछ। नेपालले […]
%d bloggers like this: