क्याम्प नोउको नामाकरण अघिकार बेच्ने तयारीमा बार्सिलोना

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोना स्ट्रिमिङ सेवा प्रदायक स्पोटिफाईसँग क्याम्प नोउ स्टेडियमको नामकरण अधिकारसंगको सम्झौता नजिक रहेका रिपोर्टहरु बाहिरिएका छन्।

स्पोटिफाईले बार्साको प्राथमिक रूपमा शर्ट प्रायोजक रहेको जापानी इलेक्ट्रोनिक्स फर्म राकुटेनलाई पनि २०२२/२३ सिजनबाट प्रतिस्थापन गर्नेछ।

रेडियो क्याटालुन्याले रिपोर्ट गरेअनुसार सम्झौताको बारेमा वार्ता जारी रहेको छ भने सम्झौता अनुसार प्रायोजन बार्षिक ६०-६५ मिलियन युरो बीचको मूल्य हुन सक्नेछ।

राकुटेनले हाल आफ्नो प्रायोजन सम्झौतालाई जुन ३० मा म्याद पश्चात नबढाउने र हालको सम्झौता भन्दा थप नगर्ने निर्णय पहिल्यै गरिसकेको छ।

अक्टोबरमा जब ड्यानियल एक, क्रोनके स्पोर्ट्सबाट आर्सेनल किन्न आफ्नो बोलीमा असफल भयपछि बार्सिलोना र स्पोटिफाई बीच साझेदारी सम्बन्धमा वार्ता र प्रायोजनहरूको कुरा अघि बढेको थियो।

बार्सिलोनाले स्पोटिफाई एक विश्व प्रसिद्ध ब्रान्ड हो भनी मान्यता राखेको छ उनीहरूसँग सम्झौता गर्न इच्छुक रहेको छ।

जबकि बार्सिलोनाले क्याम्प नोउको नामकरण अधिकार बिक्रीको लागि १५ वर्षको सम्झौता सुरक्षित गर्न चाहेपनि , स्पोटीफाईले छोटो अवधिको सम्झौतालाई प्राथमिकता दिएको छ।

रिपोर्ट गरिए अनुसार यस सम्झौताको परिणामस्वरूप बार्साले आफ्नो सामाजिक संजालमा लाखौंको संख्यामा नयाँ फलोअरहरू प्राप्त गर्न सक्छ बताईएको छ।

क्लबले चाईनिज कम्पनी टेन्सेंत टेक्नोलोजी र मनोरन्जन व्यवसाय र क्रिप्टोकरेन्सी कम्पनीहरू भिगन र पोलकाडोटसँग सम्झौताहरू पनि छलफल गरेको बताईएको छ, तर सबैभन्दा सम्झौता नजिक भने स्पोटिफाइसँग भएको बताईएको छ।

स्पेनका अन्य रिपोर्टहरूले पनि बार्सिलोनाले किट आपूर्तिकर्ता नाइकेसँग आफ्नो सम्झौता पुन: वार्ता गर्न चाहेको बताएका छन्। अमेरिकी स्पोर्ट्सवेयर ब्रान्डसँगको उनीहरूको हालको सम्झौता २०२६ मा समाप्त हुँदैछ, तर बार्सा किट निर्माताको रूपमा तिनीहरूलाई प्रतिस्थापन गर्न एडिडास र प्यूमाबाट कडा चासो रहेको पाईएको छ।

Leave a Reply

Next Post

च्याम्पियनशिप फुटबलमा खेल हेरिरहेका समर्थकको मृत्यु

Sun Jan 30 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ब्ल्याकपुल विरुद्ध शनिबारको च्याम्पियनसिप खेलको क्रममा क्रभेन कुटेजको स्ट्यान्डमा फुलहमका समर्थकको हृदयघातका कारण मृत्यु भएको छ। क्रेभेन कुटेजको ह्यामरस्मिथ एन्डमा बसेका पल पेरिसलाई हृदयघात भएको थियो र उनको उपचारको क्रममा चिकित्सा हेरचाह गरेका थिए जसका कारण खेल आधा घण्टाभन्दा बढी समयसम्म खेल रोकिएको थियो। पल पेरिसको […]
%d bloggers like this: