क्रिस्टियन इरिक्सन पुनः मैदान फर्कने तयारीमा, ब्रेंटफोर्ड संग सम्झौता नजिक

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस क्लब ब्रेन्टफोर्डले डच प्लेमेकर क्रिस्चियन एरिक्सनलाई अनुबन्ध गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ।

सन्डे मिरर स्पोर्टले गत हप्ता रिपोर्ट गरे अनुसार पूर्व टोटेनह्याम मिडफिल्डर युरोमा डेनमार्कका लागि खेल्दा कार्डियक अरेस्ट भएको सात महिनापछि प्रिमियर लिगमा फर्कदैछन्।

उनले पछिल्लो केही दिन आफ्नो पूर्व क्लब अजाक्ससँग प्रशिक्षणमा बिताएका छन् – हल्याण्डमा उनि च्याम्पियन्स लिग खेल्ने पुनः एम्स्टर्डम फर्कने अनुमान लगाइएको थियो ।

तर ब्रेन्टफोर्डसँगको उनको सम्झौताको अन्तिम केही विवरणहरू तय हुन्जेल उनको पुरानो क्लब आयक्सले उनलाई नियमित माथिल्लो तहको ट्रेनिंगमा भाग लिने अवसर भने प्रदान गरेको थियो।

एरिक्सनलाई अब ब्रेंटफोर्डमा आफ्नो सम्झौता हस्ताक्षर गर्न केवल मेडिकल पास गर्न मात्र बाँकी छ।

२९ वर्षीय एरिक्सन इङ्ल्यान्ड पुगेपछि मैदानमा उत्रन चाहन्छन् र एक महिनाभित्र प्रिमियर लिगका लागि पर्याप्त फिट हुने उनको अनुमान रहेको छ।

उनलाई प्रत्यारोपण गर्न मिल्ने कार्डियोभास्कुलर डिफिब्रिलेटर लगाइएको छ, तर हल्याण्डका रिपोर्टहरूले अजाक्ससँगको उनको सत्रलाई “मास्टरक्लास” भनेर वर्णन गरेको छ।

र एरिक्सनले अर्को जाडोको विश्वकपका लागि आफ्नो राष्ट्रको टोलीमा स्थान बनाउने लक्ष्य राखेका छन्।

उनी जून १२ मा कोपेनहेगनमा फिनल्याण्ड विरुद्ध डेनमार्कको लागि खेल्दै पिचमा ढल्न पुगेका थिए चिकित्सकहरूको द्रुत कारबाहीले मात्रै उनको जीवन बचाएको थियो।

तर उनलाई इन्टर मिलानले उनको शल्यक्रिया गरेर उनि संगको सम्झौता बर्खास्त गरेको थियो किनभने सिरी एले उपकरणको प्रयोगलाई अनुमति दिँदैन।

Leave a Reply

Next Post

भारत विरुद्धको एकदिवसिय सिरिज, दक्षिण अफ्रीकाद्वारा क्लिन स्विप

Sun Jan 23 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारत विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा ४ रनको रोमान्चक जित निकाल्दै दक्षिण अफ्रिकाले एक दिवसीय सिरिज ३-० ले क्लिन स्विप गरेको छ। यस अघि टेस्ट शृंखला २-१ ले आफ्नो पक्षमा पारेको दक्षिण अफ्रिकी टोलीले लगातार दोस्रो सिरिज आफ्नो नाममा गरेको हो। कप टाउनमा भएको खेलमा […]
%d bloggers like this: