क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी ह्याट्रिक संगै युनाईटेड विजयी

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले नर्विच सिटि विरुद्ध ३-२ गोलको रोमान्चक जित निकालेको छ। 

घरेलु मैदानमा म्यानचेष्टर युनाइटेडलाई जित दिलाउने क्रममा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेलजीवनको किर्तिमानी ६०औ ह्याट्रिक पूरा गरेका छन्।

युनाईटेडको शर्टमा रोनाल्डोको यो तेस्रो ह्याट्रिक हो भने यसै सिजन मात्रै दोस्रो रहेको छ।

गोल संगै रोनाल्डोले यस सिजन व्यक्तिगत गोल संख्या २१ पुर्याएका छन् भने टोलीमा शिर्ष गोलकर्ता रहेका छन्। 

यसै सिजन टोटेन्ह्याम विरुद्धको खेलमा उनले ५९औ ह्याट्रिक पूरा गरेका थिए।

खेलमा पहिलो हाफको मध्य सम्म निकै सुस्त देखिएको खेलमा युनाईटेडले पहिलो हाफमा दुई गोल गर्न भ्याएको थियो।

पहिलो हाफको सातौं मिनेटमा नर्विचका डिफेन्डरले डी एरियामा गल्ति गरेपछि एलांगाको पासमा रोनाल्डोले गोल गरेका थिए।

त्यसैगरि ३२ औ मिनेटमा कर्नरमा बनेको मौकामा शानदार हेडर गर्दै व्यक्तिगत र टोलीलाई दोस्रो अग्रता दिलाएका थिए।

२-० ले पछि परेपछि खेलमा फर्कने प्रयास गरेको नर्विचले किरन डोवेलले ४५औ मिनेटको अतिरिक्त समयमा गोल गर्दै एक गोल फर्काए।

पहिलो हाफ २-१ को स्थितिमा सकिएको थियो।

तर दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै नर्विचले लगातार आक्रामक मुभ बनाउँदा दोस्रो गोल सम्भब भएको थियो।

५२ औ मिनेटमा डोवेलको पासमा सुन्दर गोल गर्दै उसका स्टार फरवार्ड पुक्कीले टोलीलाई २-२ को बराबरीमा ल्याउन मद्दत गरेका थिए।

खेल बराबरीको अवस्थामा निकै रोमान्चक बन्न पुगेको थियो। दुवै टोलिले गोल गर्ने राम्रा अवसरहरु बनाएका थिए।

५६औ मिनेटमा नर्विचका रशिसकाले फार पोस्टमा गरेको प्रहारलाई युनाईटेडका किपर डीगियाले निकै सुन्दर बचाव गरेका थिए।

६० औ मिनेटमा रोनाल्डोले कर्नरमा प्रहार गरेको हेडर सिधै टिमो क्रुलको हातमा परेको थियो।

त्यसैगरि ७५औ मिनेटमा युनाईटेडका लागि शानदार फ्रिकिक गोल गर्दै रोनाल्डोले आफ्नो ह्याट्रिक पुरा गरेका थिए।

टोटेन्ह्यामको र आर्सनलको हारले म्यानचेस्टर युनाईटेडको शिर्ष ४ मा पर्ने सम्भावनालाई जिवितै राखेको छ।

 

Leave a Reply

Next Post

क्रिस्टियानो, गोल अनि किर्तिमान

Sat Apr 16 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| शनिबार राति प्रिमियर लिगमा नर्भिच सिटी विरुद्ध ह्याट्रिक गर्दै रोनाल्डोले आफ्नो स्वर्णिम यात्रालाई निरन्तरता दिएका छन्। घरेलु मैदानमा भएको खेलमा रोमाञ्चक जित दिलाउन क्रिस्टियानो रोनाल्डोको भूमिका मुख्य रह्यो। यस सिजन आफ्नो टोलीका लागि पनि शीर्ष गोलकर्ता बनेका रोनाल्डोले, ३ गोलसँगै यस सिजन प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने […]
%d bloggers like this: