हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्वालिफायर अन्तर्गत आज राती पोर्चुगल र आयरल्याण्ड आमने सामने हुँदै छन्।
खेलमा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई भने नयाँ बिश्व कीर्तिमान राख्ने अवसर रहेको छ।
पुरूष तर्फ अन्तराष्ट्रिय फूटबलमा १०९ गोल सहित सबै भन्दा बढी गोल गर्ने कीर्तिमानमा बराबरी गरेका रोनाल्डोलाई एक गोल थप्दै आफ्नो नाममा उक्त विश्वकिर्तिमान कायम गर्ने उत्कृष्ट अवसर रहेको छ।
पोर्चुगिज खेलाडी रोनाल्डोले यसै वर्ष इरानका खेलाडी अलि डाईले बनाएको १०९ गोलको कीर्तिमान बराबरी गरेका थिए।
रोनाल्डोको १०९ गोलमा अहिले सम्म कै सर्वाधिक ९ ह्याट्रिक समावेश छ। उनले सबै भन्दा बढी युरो क्वालिफायरमा ३५ खेलमा ३१ गोल र विश्वकप क्वालिफायरमा ४१ खेलमा ३१ गोल गरेका छन्।
रोनाल्डोले लिथेनिया र स्वीडेन विरुद्ध सर्वाधिक ७-७ गोल गरेका छन्। यस्तै स्पेन, बेल्जियम र डेनमार्क बिरुद्ध समान ३-३ गोल गर्न सफल भएका छन् ।
सिनियर फुटवलमा सर्वाधिक गोल गर्ने रेकर्ड पनि उनकै नाममा रहेको छ जसमा हालसम्म रोनाल्डोले ७८१ गोल गर्न सफल भएका छन्। च्याम्पियन्स लिग फुटबलमा पनि सबैभन्दा बढी गोल गर्ने खेलाडीको नाममा रोनाल्डोनै अग्रपंक्तिमा आउने गरेका छन्।
सन् २०११ देखि २०१७ सम्म लगातार सात वर्ष एकै क्यालेण्डरमा पचासभन्दा बढी गोल गर्ने रेकर्ड पनि रोनाल्डो कै नाममा रहेको छ।
हाल सम्म युरोपियन प्रतियोगिताहरुमा सबै भन्दा बढी ६१ गोल पनि रोनाल्डोले नै गर्न सफल भएका छन्।
उनि पोर्तुगलको अहिले सम्मकै सबै भन्दा बढी(१७७) अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी रहेका छन्। उनले कप्तानको भूमिकामा पनि सबै भन्दा बढी(११९) राष्ट्रिय टिमको क्याप जित्न सफल भएका छन्।
सन् २०१७ मा एकै क्यालेन्डरमा सर्बाधिक ३१ गोल गर्दै उनले व्यक्तिगत अर्को रकार्ड कायम गर्न सफल भएका थिए।