क्रिस्टियानो रोनाल्डोले बनाएका केहि अद्भुत विश्व किर्तिमानहरु

 हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गिनिज वल्र्ड रेकर्ड बुकमा प्रवेश गर्नु भनेको कुनै पनि व्यक्तिका लागि असाधारण उपलब्धि हुने गर्दछ।

तर ग्लोबल फुटबल सुपरस्टार तथा दिग्गज खेलाडी क्रिस्टियानो रोनाल्डोको लागि यो कुरा यति सामान्य भैसकेको छ कि उनको लागि यो कुरा पार्कमा हिंड्नु जस्तै हो।

पाँच पटकको बालोन डी’ओर विजेताले फुटबल र खेल बाहिर यति धेरै नयाँ कोसेढुङ्गाहरू पुगेका छन् कि कीर्तिमान तोड्नु उनको लागि लगभग दोस्रो प्रकृति जस्तै हो, तर कहिल्यै आलस्य भने हुँदैनन।

क्रिस्टियानो रोनाल्डोले आफ्नो लामो र शानदार करियरमा आफूलाई फुटबलको इतिहासमा एक महान खेलाडीको रूपमा स्थापित गरेका छन्।

८०० भन्दा बढी करियर गोल र ३२ प्रमुख ट्रफीहरू जितेका रोनाल्डोको वरिपरी कुनै पनि नयाँ फरवार्ड धेरै लामो समयको लागि उनको रेकर्ड नजिक आउन सक्ने अवस्था छैन।

उनले राखेका केहि उत्कृस्ट उपलब्धिहरु यस अनुसार रहेका छन् :

– रोनाल्डोले सेप्टेम्बर २०२१ मा अली डेईलाई उछिनेर १८४ खेलहरूमा ११५ गोल गर्दै सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोलहरूको रेकर्ड राखेका छन्।

– सन् २००४ देखि २०२१ सम्म लगातार १० अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्ने रोनाल्डो एक मात्र खेलाडी हुन्।

– उनी तीन फरक क्लबका लागि च्याम्पियन्स लिगमा १० वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी हुन्।

– रोनाल्डोले हाल सम्म १४० च्याम्पियन्स लिग गोल गरेका छन् जुन इतिहासमै सबैभन्दा बढी हो। साथै प्रतियोगिता सर्बाधिक जित्ने [५ पटक] खेलाडीको किर्तिमान बराबरी गरेका छन्।

– उनले २०१३-१४ मा १७ च्याम्पियन्स लिग गोलका साथ युरोपेली च्याम्पियन्स लिगमा एकै सिजनमा सर्बाधिक सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन्।

– रोनाल्डो रियल मड्रिडमा रहँदा सन् २०११ देखि २०१६ सम्म लगातार ६ पटक लगातार सिजनमा ५० भन्दा बढी गोल गर्ने कीर्तिमान बनाएका छन्।

– रोनाल्डोको नाममा ला लिगामा सबैभन्दा छिटो २००, २५० र ३०० गोल गर्ने खेलाडीको किर्तिमान रहेको छ।

– रोनाल्डोले अहिले सम्म ५५ ह्याट्रिक गरेका छन् जुन अहिले बर्तमान अवस्थामा सर्बाधिक रहेको छ भने पोर्चुगललाई प्रतिनिधत्व गर्दै १० अन्तरास्ट्रिय ह्याट्रिक गरेका छन्, जुन अर्को विश्व किर्तिमान रहेको छ।

 

Leave a Reply

Next Post

विश्वकप लिग अघि नेपालले श्रीलंकामा अभ्यास खेल खेल्ने

Thu Mar 3 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलि अहिले प्रशिक्षणमा रहेको छ। मार्चको तेस्रो साता देखि सुरु हुने अन्तरास्ट्रिय सिरिजमा नेपालले आयोजक युएई संगै पपुवा न्युगिनीको सामना गर्दैछ। प्रतियोगिताको थप तयारी स्वरूप नेपालले यसै साता घरेलु प्रशिक्षण सकेपछि श्रीलंकामा अभ्यास खेल […]
%d bloggers like this: