हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एरिक टेन ह्याग म्यानचेष्टर युनाइटेडको नयाँ प्रशिक्षकका रुपमा नियुक्त भएसँगै क्रिष्टियानो रोनाल्डोको भविष्यका बारेमा चर्चा सुरु भएको छ।
युरोपेली च्याम्पियन्स लिगबाट निकै टाढा रहेको युनाइटेडमा रोनाल्डो बस्ने या जाने भन्ने कुरा टुंगो लागेको छैन।
यसै सिजन दुई वर्षको सम्झौतामा म्यानचेस्टर भित्रिएका क्रिष्टियानो हाल राम्रो लयमा छन्। टोलीमा शीर्ष गोलकर्ता रहेका रोनाल्डोले यस सिजन २२ गोल गरिसकेका छन्।
तर आगामी प्रशिक्षक टेन ह्यागको खेलाउने शैलीमा उनी फिट हुन्छन् कि हुँदैनन् भन्ने कुरा अझै प्रस्ट छैन।
नेदरल्यान्ड्सका पूर्व महान खेलाडी मार्को भान बास्टेनले भने रोनाल्डोले राम्रो लय कायम राखे युनाईटेडमै बस्न पर्ने बताएका छन्।
क्रिस्टियानो रोनाल्डोले यदि आफ्नो क्षमताले उत्कृष्ट प्रदर्शन गरिराखे म्यानचेस्टर युनाइटेडका नयाँ प्रशिक्षक एरिक टेन ह्यागलाई आफ्नो योजनाबाट बाहिर राख्ने कुनै कारण नदिने बिश्वास गरेका छन्।
“यदि रोनाल्डोले उच्च तहमा खेलिरहे र नियमित रूपमा खेलमा एक वा दुई वा तिन गोल गर्छ भने, उसलाई टोलीबाट बाहिर निकाल्नु आवश्यक छैन,” भान बास्टेनले रोन्डो शोलाई भने।
“रोनाल्डो एक महान खेलाडी हुन् जसले आफ्नो काम आफै गर्छन्, तर जबसम्म उनले टोलीलाई केहि न केहि प्रदान गरिराख्छन, तपाईंले उसलाई टोलीमा स्थान दिनुपर्छ।
क्रिस्टियानो रोनाल्डोसँग शारीरिक रूपमा अब १८ बर्षिया खेलाडीको जस्तो कुराहरू टेन ह्यागले माग्न र सोध्न सक्दैनन यो कुराको उनलाई पक्कै हेक्का रहेको उनले बताए।
“निस्सन्देह रोनाल्डोले कडा परिश्रम गर्नुपर्नेछ – तर म पक्का छु कि उसले कडा परिश्रम गर्नेछ किनभने मैले टेन ह्यागले उसलाई आफूले चाहे जस्तो खेल्नको लागि प्रभाव पारेको देख्छु।”
म्यानचेस्टर युनाईटेड हाल लिगमा छैठौं स्थानमा छ भने आगामी सिजन च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना अति न्यून रहेको छ।
टेन ह्यागले आयक्समा आफ्नो सिजन समाप्त गरेर नयाँ सम्झौता अनुसार म्यानचेस्टरको प्रि सिजनका लागि टोलीमा आबद्द हुनेछन्।