हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पोर्चुगिज स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो आफ्नो करियरको उत्तरार्धमा आएर पनि कीर्तिमान राख्न भने छोडेका छैनन्।
५ पटकका विश्व वर्ष खेलाडी रोनाल्डोले व्यवसायिक करियरमा आधिकारिक रुपमा आठ सयभन्दा बढी गोल गर्ने कीर्तिमान राखिसकेका छन्।
समग्र क्लब करिअरमा हाल ६५० भन्दा बढी गोल गरिसकेका रोनाल्डो, क्लब करियरमा ७०० गोलको आँकडा नजिक पुगेका छन्।
यसैसाता चेल्सी विरुद्धको खेलमा गोल गर्दै रोनाल्डोले आफ्नो क्लब करियरमा ६९७ औं गोल गरेका छन्।
चेल्सीविरुद्ध खराब रेकर्डलाई तोड्ने क्रममा क्रिष्टियानो रोनाल्डोले दोस्रो हाफको ६२ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई महत्वपुर्ण १ अङ्क दिलाएका थिए।
अब तिनको थप्न सके क्लब करियरमा ७०० गोल गर्ने खेलाडी बन्ने छन् भने आधिकारिक रुपमा उक्त कीर्तिमान राख्ने पहिलो खेलाडी बन्नेछन्।
चेल्सी विरुद्ध गोल गरेसँगै रोनाल्डोले समग्र सिजनमा आफ्नो गोल संख्या १७ पुर्याई सकेका छन् भने उनी भन्दा अघि लिभरपुलका महमद साला (२२) मात्र रहेका छन्।
त्यसैगरी युनाइटेडमा हाल शीर्ष गोलकर्ता रहेका रोनाल्डोले सिजनमा आफ्नो गोल संख्या २३ पुर्याएका छन्।
रोनाल्डोले गोल गरिरहदा उनको टोलि म्यानचेस्टर युनाईटेडले भने आफ्नो प्रदर्शनमा सुधार ल्याउन सकेको छैन।
चेल्सीविरुद्ध १-१ को बराबरी सँगै युनाइटेड लिगमा छैठौं स्थानमा रहेको छ।
अब गणितिय हिसाबमा पनि शीर्ष चारमा पुग्ने सम्भावना दश प्रतिशत मात्र रहेको छ।