क्रिस्टेन एरिक्सन चिन्तामुक्त अवस्थामा, डेनमार्क र फिनल्याण्डको खेल सुचारु हुदै !!!

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। डेनमार्कका मिड-फ़िल्डर क्रिस्टेन एरिक्सन, डेनमार्क र फिनल्याण्ड बिचको खेल हुदा हुदैको अवस्थामा बेहोस भएको कारण खेल रद्द गरिएको छ।

एरिक्सनले खेलको पहिलो हाफ चलि रहदै होस् गुमाउदा, चिकित्सक टोलिले सिपिआर माध्यम बाट उनलाई होस्मा ल्याएका थिए ।

अहिलेको अवस्थामा एरिक्सन होस्मा फर्किएका छन् र उनलाई अस्पतालमा पुराइएको छ। इन्टरमिलनका खेलाडी एरिक्सन, ग्राउण्डमा बेहोस भै लड्दा दुवै टोलीका खेलाडी तथा समर्थक सबै चिन्तित देखिएका थिए। उनको यो हालत देखिने बित्तिकै, युइएफएले खेललाइ रद्द गर्ने निर्णय गरेको थियो।

ग्राउण्डको अवस्था :

केहि पत्रकारहरुको अनुसार ग्राउण्डमा चाहि फिनल्याण्डका समर्थकहरुले क्रिस्टेन र डेनमार्कका समर्थकले एरिक्सन भन्दै समर्थन गरेका थिए।

हस्पिटलमा एरिक्सनलाइ होस् आएको र स्थिति राम्रो भएको खबर आए पछि खेल , सुचारु गरिएको हो।

क्रिस्टेन एरिक्सन होस्मा आउनमा धेरै तत्वहरुको महत्वपूर्ण भूमिका रहयो :

– रेफ्रीले खतराको चाल पाएर पाच सेकेन्ड भित्रै खेल रोक्नु,
– कमेन्टेटर तथा रेफ्री समेत लागेर मेडिकल टिम गुहार्नु,
– मेडिकल टिमले ग्राउण्डमै रहेर महत्वपूर्ण विधाहरु पुरा गर्नु,
– समर्थकहरुको बेजोड साथ् !!!

Leave a Reply

Next Post

आज विश्वभर हुने प्रमुख खेल गतिबिधिहरु के के छन् त ? सबै जानकारी !!

Sun Jun 13 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। आज विश्वभर हुने प्रमुख खेलकुद गतिबिधिहरु : युरो कप २०२० : अस्ट्रिया बिरुद्द नर्थ म्यकेडोनिय : नेथर्ल्यनड्स, अस्ट्रिया, नर्थ मेचेडोनिया, उक्रेन भएको समुहमा अस्ट्रिया पनि एक बलियो टोलि मानिन्छ, यस समुहको यो पहिलो खेल हो। आज अस्ट्रिया र नर्थ मेकेडोनियबिचको खेल नेपाली समय ९:१५ बेलुकी हुने […]
%d bloggers like this: