हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ । केहि दिन अघिसम्म सजिलै सफल हुने सम्भावाना देखिएको लियोनल मेस्सी र बार्सिलोनाको सम्झौता हिजो बेलुका टुटेको थियो ।
मेस्सीको सम्झौताले निरन्तरता नपाए पछि, उनको बार्सिलोनाको दशकको बसाइ टुङ्गिएको थियो। उक्त खबरले खेलकुद जगत नै तरंगित भेकको छ।
कसैलाई नरमाइलो लागिरहेको बेला, पीएसजी र म्यानचेस्टर सिटि भने उनलाई भित्र्याउने दाउ हेरेर बसेका छन्। मेस्सीको खबरले गर्दा बार्सिलोनाका समर्थकहरु आक्रोशित भएका छन। स्पेनमा रहेका समर्थकले त जुलुस नै निकालिसकेका छन्।
हिजोको उक्त कुराको स्पष्टीकारण दिने क्रममा आज बार्सिलोना प्रेसिडेन्ट लापोर्टा प्रेस मिट गर्दै चर्चामा आएका कुराहरुलाई प्रष्ट पार्ने कोशिस गरेका छन्। सो प्रक्रियामा उनले राखेका भनाइहरु निम्नअनुसार रहेका छन् :
– ” मलाइ दुख लागिरहेको छ तर हामीले मेस्सीलाइ क्लबमा टिकाइरहन धेरै प्रयासहरु गरेका थियौ र उनले पनि बार्सिलोनामै रहने तयारि गरेका थिए। लियोनल मेस्सी बिना बार्सिलोनाका लागि नया दौर सुरु हुन्छ अब , उनका योगदान हरु प्रति हामी कृतज्ञ प्रकट गर्छौ । ”
– ” हामीले मेस्सी संग पाच बर्षको सम्झौता गर्ने निर्णय गरेका थियो तर पाच बर्षको लागि भने २ बर्षको मात्र तलब दिने अवस्था रहेको थियो। लियोले उक्त कुरालाइ स्वीकार गरेका थिए, अनि सम्झौता सफल पनि भैसकेको थियो। हामीले सम्झौता राम्रो भएको कुरामा बिश्वास प्रकट गरेका थियौ तर यस निर्णयलाइ लालिगाले साथ् भने दिएन। ”
– ” मेस्सीलाइ फेरी साइनगर्ने मौका छ त ? म झुटो आश दिन चाहन्न, हाम्रो डेडलाइ थियो जुन सकिएको छ र लालिगा पनि चाडै सुरु हुदै छ । अब मेस्सीले अरु नै विकल्प खोज्नु पर्छ। ”
-” लियो संगको नेगोसिएसन सकिएको छ। लालिगाको नियमलाइ मध्यनजर गर्दा हामी मेस्सीलाइ राख्न नसक्ने भयौ। लालिगाको समस्या तलबको दायरामा रहेको थियो। लियो मेस्सीसंग अग्रिमेंट भएपनि हामीले उसलाई साइन गर्न सकेनौ। लियोले अब अरु बिकल्प खोज्नेछन । ”
अब मेस्सीले अरुनै विकल्प खोज्न बाध्य भएका छन्। र उनका अगाडी दर्जनौ क्लबहरुले प्रस्ताब राखिसकेका छन्। दुइ दशकसम्म आफु उत्कृष्ट स्थानमा ल्याएर, क्लबलाइ पनि सफलताको बाटो हिडाएका मेस्सी अन्तत क्लब छोड्न बाध्य भएका छन्।