हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। युसिएल अन्तर्गत समुह ए को खेलमा, आमने सामने गरेका क्लब ब्रुग र पेरिस सेन्ट जर्मनले खेल बराबरीमा टुङ्ग्याएका छन्।
क्लब ब्रुगको घरेलु मैदानमा भएको खेलमा दुवै टोलिले १-१ गोल गर्दै खेललाइ बराबरीमा टुङ्ग्याएका हुन्।
पहिलो अग्रता लिएको पिएसजीका लागि किलियन एम्बाप्पेको एसिस्टमा एण्डर हरेराले गोल गरेका थिए। १५ औ मिनेटमा १ गोलले पछि परेको घरेलु टोलिका लागि २७ औ मिनेटमा हाँस भनकेनले गोल गर्दै खेललाइ बराबरीको मोडमा ल्याएका थिए।
खेलको विश्लेषण गर्दा घरेलु टोलिको एकदमै राम्रो प्रदर्शन हामीले देख्न पायौ। ब्रुगले राम्रो डिफ़ेन्सिब सहित उत्तिकै राम्रो आक्रमण पनि गर्न सफल भएको थियो।
उक्त समूहमा म्यानचेस्टर सिटि र आरबि लाइप्जिक पनि रहेका छन्। सिटि र लाइप्जिगको खेलमा बहने, सिटिले ६-३ को गोलान्तरले लाइप्जिगलाइ पराजित गर्दै च्याम्पियन्स लिगमा सुखद सुरुवात गरेको थियो।
अंक तालिकालाइ नियाल्दा, सिटि पहिलो स्थानमा रहेको छ भने पिएसजी दोस्रो , क्लब ब्रुग तेस्रो र चौथोमा लाइप्जिग रहेको छ।
ब्रुग र पिएसजीको खेलमा भने, जित निश्चित गर्ने मौका दुवै टोलीलाई निकै धेरै मिलेको थियो। पहिलो हाफमा दुइ गोल गरिएको थियो तर बाकि अरु समयमा गरिएका सबै प्रयासहरु विफल हुन पुगे।
घरेलु मैदानमा आफ्ना समर्थक साथ् पाउदा ब्रुगले पिएसजीको डिफेन्सलाइ नै चिन्तित पार्ने खेल खेलेको हो। डेनी लांगको प्रहारहरुलाइ रोक्न नाभासलाइ भ्याइनभ्याइ परेको थियो। मेस्सी र इकर्डिको जोडीले दोस्रो गोलको सुनौलो मौका पाएतापनि गोल भने गर्न सकेनन।