क्लब लेजेण्ड जाभी बार्सिलोनाका नयाँ प्रशिक्षक

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले आफ्नो क्लबका लेजेण्ड खेलाडी जाभिलाई नयाँ प्रशिक्षकको रुपमा भित्र्याउने पक्का भएको छ।

जाभि हाल कतारको घरेलु क्लब अल-सादमा मुख्य प्रशिक्षकको रुपमा काम गरिरहेका छन्।

कतारी क्लब अल साद संग बार्सिलोनाले दुई पक्षिय सम्झौता गरे संगै जाभी बार्सिलोना फर्किने भएका हुन।

मुख्य प्रशिक्षकको रुपमा कतारमा बिगत २ बर्षदेखी काम गरिरहेका जाभीले प्रशिक्षकको भूमिकामा सात उपाधि जितिसकेका छन्।

बार्सिलोनाको क्लब इतिहासकै सबैभन्दा महान खेलाडी मध्येका एक खेलाडी जाभीले सन् १९९८मा क्लब डेब्यु गरेका थिए।

बार्सिलोनाको सिनियर टोलीमा करीब १७ वर्ष रहेर क्लब छाडेका पूर्व खेलाडीले बार्सिलोनाका लागि झण्डै ८०० खेल खेलेका छन्।

व्यक्तिगत खेल जीवनमा ३० भन्दा बढी उपाधि जितेका जाभी स्पेनको सर्वाधिक सफल खेलाडी मध्येका एक हुन्। उनले राष्ट्रिय टोलीबाट खेल्दै सन् २००८ र १२ मा युरोकप जिते भने सन् २०१०मा विश्व विजेता पनि बनेका थिए।

बार्सिलोनाको टोलीबाट खेल्दै ८ पटक लालिगा र चार पटक युरोपेली च्याम्पियन्स लिग जितेका जाभीलाई लिएर बार्सिलोना निकै सकारात्मक देखिएको छ।

अघिल्लो सिजन पनि म्यानेजरको कुरा निस्किएता पनि  जाभी आफू बार्सिलोना टोलीको प्रशिक्षक बन्न अहिले तयार नभएको कुरा बताएका थिए। तर एक सिजन पछि भने उनी तयार रहेको र बार्सिलोना आउन इच्छुक रहेको कुरा बाहिर निस्किँदा उनको आगमन पुर्ब प्रशिक्षक रोनाल्ड किम्यानको बर्खास्ती संगै लगभग निश्चितजस्तै देखिएको छ।

बार्सिलोनाले अल-साद संग शुक्रबार जाभीको ५ मिलियन रिलिज क्लज तिर्ने भए संगै कतारी महारथीले जाभीलाई क्लबको प्रशिक्षकको भूमिकाबाट मुक्त गर्ने पक्का भएको छ।

बार्सिलोनाले एक सिजन जना अघि आफ्ना क्लबकै लेजेण्ड तथा पूर्व खेलाडी रोनाल्ड कीम्यानलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिए पनि उल्लेख्य काम गर्न सकेनन्।बार्सिलोनाले गत साता आफ्ना पूर्व प्रशिक्षक रोनाल्ड कीम्यान लाई एकपछि अर्को खराब नतिजा कारण बर्खास्त गरेको थियो।

 

Leave a Reply

Next Post

प्रिमियर लिगमा शनिबार दुई म्यानचेस्टर टोलि भिड्दै

Fri Nov 5 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिगमा शनिबार दुई म्यानचेष्टर टोली आपसमा प्रतिस्पर्धा गर्दैछन्। प्रिमियर लिग अन्तर्गत दशौ चरणको खेलमा म्यानचेष्टर यूनाइटेड र सिटी ओल्ड ट्राफर्डमा प्रतिष्पर्धा गर्दैछन्। लिगमा पाँचौं स्थानमा रहेको म्यानचेष्टर यूनाइटेडले तेस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीलाई आफ्नो घरेलु मैदानमा आतिथ्यता गर्दै छ। लगातार नौ खेलको अपराजित यात्रालाई […]
%d bloggers like this: