क्लब विश्वकपमा चेल्सी ‘रोबोट रेफ्री’ ट्रायल गर्ने पहिलो प्रिमियर लिग टोली

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चेल्सीले अबु धाबीमा अर्को हप्ता हुने क्लब विश्वकपमा ‘रोबोट रेफ्री’ को पछिल्लो परीक्षणको अनुभव गर्ने भएको छ।

अर्को हप्ता सेमिफाइनलको लागि अबुधाबी जाने क्रममा लन्डन टोलि नयाँ प्रविधिको ट्रायलिङमा संलग्न हुने पहिलो प्रिमियर लिग टोली बन्नेछ।

नयाँ लिम्ब-ट्र्याकिङ प्रणालीले केहि सेकेन्ड भित्र अफसाइड निर्णयहरू स्वचालित रूपमा गर्न सक्छ।

तर रोबोटको निर्णय भने स्टेडियमको छानामा संलग्न विशेष क्यामेराहरूद्वारा सिर्जना गरिएको खेलाडीहरूको एनिमेटेड स्वरूपमा निर्भर गर्नेछ।

भिडियो अस्सिस्टेण्ट रेफ्रीले कुनै खेलाडी अनसाइड छ वा छैन भनेर तत्काल अलर्ट प्राप्त गर्नेछन्।

त्यसपछि उनीहरूले प्रस्तावित निर्णयलाई प्रमाणित गर्नेछन् जुन रेफ्रीलाई पठाइनेछ।

कतारमा पनि हालै सम्पन्न अरब कपमा सफल परीक्षणपछि फिफाले यस वर्षको विश्वकपको लागि समयमै यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने आशा गरेको छ।

थोमस टुचेलको चेल्सीले अर्को हप्ता फेब्रुअरी ९ मा सेमिफाइनलमा अल हिलाल, अल जजिरा वा पिराई मध्ये एक विरुद्ध खेल्दा टेक्नोलोजीको परीक्षण गर्नेछन।

फिफाका अनुसार नयाँ प्रविधिमा ‘कोच, मेडिकल स्टाफ र फ्यानहरूका लागि नयाँ अन्तर्दृष्टि प्रदान गर्ने क्षमता छ’।

परिचालक निकायले यो प्रविधिले ब्याकरुम स्टाफलाई ‘पिचमा विशिष्ट खेलाडीको दृष्टिकोणबाट कार्यको विश्लेषण गर्न, सही कोणबाट म्याच परिवर्तन गर्ने क्षणलाई जाँच्न वा पिचको बर्ड आई दृश्य प्राप्त गर्न सक्षम बनाउँछ।’

जोहानेस होल्जमुलर, फुटबल टेक्नोलोजी र इनोभेसनका फिफा निर्देशकले भने: ‘हामी दृढ विश्वास गर्छौं कि यो नयाँ डाटा स्रोतमा पहुँचले निर्णय प्रक्रियालाई अनुकूलन गरेर खेलमा सकारात्मक प्रभाव पार्न सक्छ।’

‘भार’ को प्रयोग दुई वर्ष अघि प्रिमियर लिगमा सुरु गरिएको थियो तर धेरै निर्णयहरु बिबादका घेरामा पर्ने गरेका कारण खेलको आनन्द भंग गरेको भन्ने आरोप लाग्ने गरेका छन्।

प्रविधिको माध्यमबाट निर्णय प्रक्रियालाई गति दिने कुनै पनि सफल कदमले खेलका प्रशंसकहरूलाई अवश्य राहत दिने छ ।

Leave a Reply

Next Post

बार्सिलोनामा फ्रानकी डी जोंगको भविष्य चुनौतीपूर्ण बन्दै

Sat Feb 5 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रेन्की डे जोङले ब्लाउग्रानाका लागि साइन गर्दा निकै महत्वपूर्ण खेलाडी हात पारेको भान दिएका थिए। तर हालैका सिजनमा भने उनले आफ्नो मूल्य ट्यागलाई औचित्य दिन असफल हुँदै आएका छन्। फ्रेन्की डे जोङले बार्सिलोनाका लागि साइन गर्दा क्लबको भविष्य उनको वरिपरि निर्माण हुने छाँटकाट देखिन्थ्यो। तर डच […]
%d bloggers like this: