हाम्रो नेपाल स्पोर्ट्स ,काठमाडौं| खेलकुद, राजनीति र मनोरञ्जनले कुनैपनि क्षेत्रमा ठुलो जमातलाई आफूतर्फ आकर्षित गर्ने क्षमता राख्दछ।
यी तीन प्रमुख क्षेत्रबाट प्रतिनिधित्व गरेर आउने कोहि पनि व्यक्तित्वले आफ्नो विचार र समर्थनले कुनै पनि ठाउँमा विशिष्ट प्रभाव पार्दछन्।
यहि भिडमा रहेको नेपाली खेलकुद क्षेत्रले अपेक्षित प्रगति गर्न नसकेपनि नेपाली दर्शक दिर्घाबाट माया र स्नेह भने सदैव पाउने गरेको छ।
कलाकार, राजनीतिज्ञ या अन्य कुनै क्षेत्रका विशिष्ट व्यक्ति, हरेकले नेपाली खेलकुद क्षेत्रलाई आफ्नो तरिकाले र क्षमताले समर्थन र सहयोग गरिरहेका हुन्छन्।
यस्तै एउटा ठूलो मञ्चको प्रतिनिधित्व गर्ने पात्र रहेकी अहिलेकी सुपरस्टार गायिका रचना रिमाल भने केही पृथक छिन्।
पछिल्लो समयमा नेपाली खेलकुदको ठुलो समर्थकका रूपमा रचना रिमालको छाप बेग्लै बन्दैछ।
चाहे दशरथ रंगशाला पुगेर होस्, या टेलिभिजनको पर्दा अगाडि बसेर होस या कीर्तिपुरको क्रिकेट मैदान हरेक ठाउँबाट आफ्नो समर्थन सदैब जनाईरहेकी हुन्छिन।
नेपाली र नेपालका प्रतियोगिताहरुलाई लिएर उनले सामाजिक सञ्जालमा गर्ने समर्थनले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा निकै ठूलो महत्व राख्दछ।
उनी जत्तिको प्रख्यात र सामाजिक परिवेशमा कद उँचो भएको कलाकारले यसरी हरेक नेपालको राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय खेलमा हौसला प्रदान गर्नु नेपाली खेलकुद क्षेत्रका लागी राम्रो सन्देश रहेको छ।
उनलाई सामाजिक सञ्जालमा पक्ष रहेका उनका समर्थक र श्रोताहरुले नेपाली खेलको जगतको बारेमा यसरी जानकारी पाइरहनु पक्कैपनि राम्रो कुरा हो।
राज्यस्तरबाट खेलकुदको प्रबर्द्धनका लागि नपुगेको आवाज, रचनाको एउटा फोटोले अथवा एउटा भिडियोले पुर्याइदिने गरेको छ।
नेपालले खेल जित्दा होस या हार व्यहोर्दा सदैव सकारात्मक सन्देश लिएर उनी मैदान भित्र र मैदानबाहिर पुग्ने गर्छिन।
उनलाई पछ्याउने ठूलो जमातले भविष्यमा नेपाली खेलकुदका लागि चाहिने आवश्यक प्रवर्धन र नेपालका स्थानीय उत्पादन र प्रायोजन हरेक कुराले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठूलो माईने राख्दछ।
उनकै जसरी अन्य कलाकार अथवा विशिष्ट व्यक्तिहरुले बारम्बार हौसला र माया प्रदान गर्न सकेको खण्डमा राज्यस्तरबाट लगानीमा निकै पछि परेको यो क्षेत्रले राज्यको विकासका लागि निकै ठूलो भूमिका खेल्न सक्दछ।
प्रचारप्रसारको अभावमा सदैव ठूला प्रतियोगिताहरु नेपालभित्रै पनि छायाँमा पर्ने गरेका छन।
प्रतियोगिताका लागि प्रायोजक नमिल्ने खेलाडीहरुले प्रायोजन नपाउने यी समस्याहरु निकै लामो समयदेखि चलि आएका छन्।
उनको फ्यान फलोइङले गर्दा भोलि मैदानमा धेरै दर्शक बढ्न सक्छन, दर्शक बढ्नु भनेको खेल क्षेत्रले आम्दानी बढाउनु हो उनकै एक बोलिले खेल हेर्न मान्छे टेलिभिजनको पर्दा अगाडी बस्न सक्छ।
हामीले प्रतिभालाई प्रबर्धन गर्न कलाकारहरुको प्रयोग गर्न नसककेको पो हो कि? रचनाबाट खेल क्षेत्रलाई कसरि समर्थन गर्ने केहि सिक्ने पो हो कि?