हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली खेलप्रेमी दर्शकहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ठूला प्रतियोगिताहरुको लागि सदैव उत्साह हुने गर्दछ।
दक्षिण एसियाली खेलकुद होस् या नेपालले विश्वकप छनोटमा सहभागिता जनाउँदा, अथवा मैत्रीपूर्ण खेल नै, दर्शकहरुले सामाजिक सञ्जालमा आफ्नो बाक्लो उपस्थिति देखाउने गरेका छन्।
आफ्नो देशको झण्डा लिएर घरेलु या अन्तर्राष्ट्रिय मैदानमा दर्शक दिर्घाको अपार मायाको सद्भाव, खेलाडीहरु आफैंले पनि ब्याख्या गर्ने गरेका छन्।
नेपालको प्रदर्शन जस्तो भएपनि मैदानमा बसेर होस् या टेलिभिजन का पर्दा अगाडि हामीले खेलाडीलाई सदैव साथ दिइरहेका हुन्छौं।
दर्शकहरूको साथ, माया, उत्साह र हौसला टेलिभिजनको पर्दा अगाडि पनि उत्तिनै माईने राख्ने गर्दछ।
त्यसैले पनि कुनैपनि प्रतियोगिताको प्रसारण अधिकार लिनका लागि टेलिभिजन तथा मिडियाको होडबाजी चल्दछ।
तर खेलकुद क्षेत्रमा यति धेरै लगाव र साथ जोडिएका कुरा हुँदाहुँदै पनि नेपाली दर्शकहरुले खेलको असली आनन्द उठाउन पाउने बिरलै अवसर प्राप्त गर्दछन।
नेपालमा अझै पनि यस्ता प्रतियोगिताहरु को प्रत्यक्ष प्रसारण टेलिभिजन अगाडि बसेर हेर्नुपर्ने भने हेर्ने नसकिने देखिन्छ।
प्रसारणको गुणस्तरका लागि काम नभएको हो कि, नेपाली दर्शकहरुलाई जस्तो भए पनि चल्छ भन्ने मानसिकताको विकास भएको हो यो कुरा अन्योल छ।
अझैपनि दशकौं पुराना क्यामेराका मोडल तथा प्रविधिको प्रयोग गरिएका र कम गुणस्तरका खेलकुदका प्रसारण हेर्न नेपाली दर्शक बाध्य छन्।
पैसा पाइयो भन्दैमा खेलकुद आयोजकहरुले पनि आखा चिम्लेर कुनैपनि मिडियालाई दिनुभन्दा अगाडी एउटा निश्चित मापदण्ड तयार गर्न आवश्यक भएको छ।
विज्ञापनबाट लाखौ रुपैयाँ रुपैयाँ आम्दानी गर्ने मनसायले खेलकुदको प्रसारणमा न्युनतम स्तरनै नराखी जस्तो पायो त्यस्तै प्रसारण गर्दा दर्शकमा राम्रो छाप नपर्ने सम्भावना बढ्दछ।
एउटा छोटो समयमा मनग्य आम्दानी गरे पनि दीर्घकालीन अवस्थामा भने यस्ता किसिमका प्रसारणले प्रत्यक्षरुपमा असर पार्दछ।
ठूला प्रतियोगिताहरु आयोजना गरेर सामान्य किसिमका प्रसारण गर्दा, डिजिटल अधिकारबाट आउने मोटो रकम, दर्शक दिर्घामा न्यून उपस्थितिले घट्न सक्छ।
दर्शकको उपस्थिति घट्नु भनेको प्रायोजकहरु पनि नपाउनु सरह रहेको छ जसले गर्दा प्रतियोगिता भविष्यमा आफैंमा कमजोर हुँदै जाने र बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन्छन।
विकासका लागि हरेक पाटा संवेदनशील र जिम्मेवार रहेका छन् त्यसैले बेलैमा यस्ता कुराहरूलाई ध्यान दिन आवश्यक छ।