खेलको सातौ मिनेटमा जब एनफिल्ड रोनाल्डोका लागि गुन्जियो

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फुटबल खेल मात्र नभई सद्भावको एउटा प्रतिक रहेको कुरा बारम्बार विश्व फुटबल जगतले देखाउने गरेको छ। 

यस्तै एउटा सद्भावको प्रतीक म्यानचेस्टर युनाईटेड विरुद्धको खेलमा लिभरपुलका समर्थकले देखाएका छन्।

आफ्ना नवजात शिशु कारण विक्षिप्त बनेका रोनाल्डोका लागि लिभरपुल समर्थकले खेलको सातौं मिनेटमा स्टेडीयममा उनको नामसँग ताली बजाएका थिए। 

मंगलबार आफ्नो सामाजिक सञ्जालमा जुम्ला मध्यका एक शिशुको निधन भएपश्चात परिवार र आफु निकै विक्षिप्त बनेको कुरा उनले बताएका थिए।

 सञ्जालमा उनको खबर बाहिरिने बित्तिकै संसारभरिका उनका समर्थक तथा फुटबल जगतले समावेदना प्रदान गर्न तथा यस दुखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गरेका थिए।

Football world pours their condolences to Cristiano Ronaldo

खेलको सातौं मिनेटमा रोनाल्डोको सात नम्बरको जर्सीलाई दर्शकदीर्घामा फहराउँदै लिभरपुल समर्थकले यु विल नेभर वाक अलोन भन्ने गीत गाएका थिए।

दुखद घडीको लागि रोनाल्डोको समर्थनमा म्यानचेष्टर युनाइटेडले तथा लिभरपुल दुबैतर्फका खेलाडीहरुले हातमा कालो आर्म ब्याण्ड लगाएका थिए। 

लिभरपुलका प्रशिक्षक योर्गन क्लपले पनि रोनाल्डोको यस दुखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस र आगामी दिनको सुखद कामना गरेका थिए। 

म्यानचेस्टर युनाइटेड र पोर्चुगल स्टारले अक्टोबरमा उनी र रोड्रिग्वेज जुम्ल्याहाको आशा गर्दैछन् भनेर बताएका थिए।

 डिसेम्बरमा, उनीहरूले जुम्ल्याहामा छोरा र छोरिको रहेका जानकारी दिएका थिए।

रोनाल्डो र रोड्रिग्वेजले सोमबार सामाजिक सञ्जालमा छोरीको जन्मले यस क्षणलाई आशा र खुशीका साथ बाँच्न बल दिएको र उपचारमा संलग्न डाक्टर र नर्सहरूलाई विशेषज्ञ हेरचाह र सहयोगको सधैं धन्य रहेको बताएका थिए।

“हामी सबै यस क्षतिमा विक्षिप्त भएका छौँ र हामी यो धेरै कठिन समयमा गोपनीयताको लागि अनुरोध गर्दछौं।” उनले लेखेका थिए।

अझ म्यानचेस्टर युनाईटेड र लिभरपुल बीच जस्तो कट्टर प्रतिद्वन्दिता रहेका छ, त्यसमा पनि कट्टर प्रतिद्वन्द्वीका खेलाडीका लागि सहानुभूति प्रदान गर्नु वास्तवमै अनुकरणीय रहेको छ। 

खेलमा लिभरपुलले म्यानचेस्टर युनाईटेड विरुद्ध सहज जित निकाले पनि उक्त कदमले संसारभरिकै फुटबल प्रेमीहरु को मन जित्न सफल भएको छ। 

Leave a Reply

Next Post

राल्फ राग्निक भन्छन आवश्यक परे एघारै खेलाडी किन्न तयार

Wed Apr 20 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेष्टर युनाइटेडका अन्तरिम प्रशिक्षक राग्निकले आउँदो सिजनमा आवश्यक परेको खण्डमा ११ जना खेलाडी भित्र्याउने सम्भावना रहेको बताएका छन्।  स्काई स्पोर्ट्ससँगको अन्तरबार्तामा युनाइटेडका अन्तरिम प्रशिक्षकले अबको सिजन टोलीमा पुनर्निर्माणमा केन्द्रित हुने बताएका छन्।  प्रिमियर लिगको शीर्ष उपाधि बिना झण्डै एक दशक कटाउन लागेको युनाईटेडले मैदानमा ८ बर्ष […]
%d bloggers like this: