खेलजीवनकै उत्कृस्ट लयमा करिम बेन्जेमा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमा अहिले आफ्नो खेलजीवनकै उच्च लयमा छन्।

रियल मड्रिडको नौ नम्बरको जर्सी भिरेर लगातार गोल गरिरहेका बेन्जेमा, हाल युरोपमै सर्वाधिक गोलकर्ता बनेका छन्। 

उनलाई पछ्याउँदै युवा खेलाडी एम्बाप्पे र रोबर्ट लेवान्दोस्की दोस्रो र तेस्रो स्थानमा रहेका छन्। 

रियल मड्रिडलाई ला लिगाको उपाधि नजिक पुर्याउन होस् या च्याम्पियन्स लिगमा सेमिफाइनलको यात्रा सम्म उनको भूमिका अतुलनीय बनिसकेको छ। 

लालिगामा २८ खेलमा २५ गोल र ११ सहायता दिएका बेन्जेमाले युरोपमा उच्च लय देखाउदै नौ खेलमा १२ गोल गरिसकेका छन्। 

सुपर कपको पनि तथ्यांक केलाउने हो भने बेन्जेमाले दुई खेलमा दुई गोल गर्दा यस सिजन कुल ३९ खेलमा ३९ गोल र ११ सहायता दिएका छन् जुन वास्तवमै विश्वस्तरीय रहेको छ।

तथ्यांकले उनी गोल गर्ने मात्र होइन गोलको रचनामा पनि उति नै प्रभावकारी भएको देखाउँछ।

त्यसैकारण पनि उनलाई सिजन्कै उत्कृस्ट खेलाडीलाई दिइने बेलुन डी ओरको हकदारमा सबैभन्दा अगाडि बताईन्छ। 

वर्तमान समयमा उनलाई उक्त अवार्डका लागि चुनौती दिने लिभरपुलका फरवार्ड मोहम्मद साला बाहेक अन्य खेलाडीको स्थिति निकै कमजोर छ।

लिभरपुलका लागि सलाहले घरेलु लिग र युरोपेली लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको हुँदा यस सिजन दुवै खेलाडीको राम्रै प्रतिस्पर्धा हुने देखिन्छ।

सिजनको उत्तरार्धमा आएर टोलीलाई प्रमुख खेल जिताउन मुख्य भूमिका खेलिरहेका बेन्जेमा हाल ठुला म्याच विनर भएका छन्।

 आवश्यकता परेको बेला टोलीलाई गोल गर्न मात्र नभई महत्वपुर्ण अङ्क दिलाउन पनि उनको ठुलो हात रहेको छ।

त्यो चाहे च्याम्पियन्स लिगमा पेरिस विरुद्ध अथवा सेमीफाइनलको खेल होस् या घरेलु लिगमा सेभिया या सेल्टा उनको प्रदर्शनले निरन्तरता पाएको छ।  

यदि गोल गर्ने हिसाबले उनको यस अघिको उच्च प्रदर्शनलाई हेर्ने हो भने,उनको सबै भन्दा राम्रो एक दशक २०११ को सिजनमा आएको थियो।

उसबखत उनले व्यक्तिगत रुपमा सर्बाधिक ३२ गोल गरेका थिए।

यस सिजन भने पुरानै लयलाई निरन्तरता दिँदै ३९ पुर्याईसकेका उनि कतिमा रोकिने छन् त्यो समयले नै बताउने छ। 

 

Leave a Reply

Next Post

फुटबलका महँगा फ्लप ट्रान्सफर

Mon Apr 18 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आधुनिक फुटबलमा क्लवहरुको सफलतामा खेलाडीहरुको स्तरले ठूलो फरक पार्ने गर्दछ।  राम्रा खेलाडीले ठूला क्लबहरु सँग खेल्ने सपना बुनेका पनि हुन्छन्।   त्यसैकारण पनि सफल बन्नका लागि क्लबहरुले खेलाडीमाथि निकै ठूलो लगानी गर्ने गरेका छन्। त्यस मध्ये थोरैले मात्र आफ्नो सपनामा सफलता पाउने गरेका छन्।  खेलाडीहरूको क्षमता जति […]
%d bloggers like this: