खेलाडी विश्लेषण भाग १ : चितवनका सान ईशान !!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्याङ्जामा मध्यम बर्गीय परिवारमा जन्मिएका २२ वर्षीय ईशान पाण्डे, नेपाली राष्ट्रिय टिमका उदयीमान बायाँ हाते टप अर्डर ब्याट्स्म्यान हुन्।

प्राविधिक रूपमा प्रखर ईशान पाण्डेले नेपाल राष्ट्रिय क्रिकेट टिममा डेब्यू गर्नुभन्दा अगाडि, सन् २०१६ को आइसिसि अण्डर नाइन्टिन वर्ल्ड कप क्रिकेटमा सहभागिता जनाइसकेका छन्।

भारतको उत्तराखण्डमा क्रिकेट खेल्न सिकेका इशानले, सुरुवाती दौरमा भारतमै बसेर आफ्नो स्कुलबाट जिल्लास्तरीय र अञ्चलस्तरीय क्रिकेट प्रतियोगितामा प्रतिनिधित्व गरिसकेका थिए। बुवाको आग्रह पछि सन् २०१५ मा नेपाल आएका ईशानले त्यसपछिका क्रीकेटका गतिविधिहरु यही बसेर सञ्चालन गरे।

सुरुवाती दौरमा केही समय गुपचुप रहेका ईशान पाण्डे सन् २०१९ पछि भने चर्चामा आउन सफल भएका थिए। त्रिभुवन आर्मी क्लब विरुद्ध प्रधानमन्त्री कपमा ईशानको ७९ रनको पारीले उनको क्रिकेटको ढोका खोलिदिएको थियो।

त्यसपछि उनी सन् २०१९ मा सिंगापुरमा भएको त्रिकोणात्मक सीरीजका लागी राष्ट्रिय क्रिकेट टोलीमा पर्न सफल भए। जिम्बाब्वे विरुद्ध २७ सेप्टेम्बर २०१९ मा त्रिकोणात्मक सीरीजमा आफ्नो डेब्यु गर्ने मौका पाएका ईशान त्यस लगत्तै बंगलादेशमा नोभेम्बरमा भएको एसीसी ईमर्जिङ टीम्स एशिया कपमा पर्न सफल भएका थिए।

सोचे अनुसारको प्रदर्शन गर्न नसके पनि आफ्नो दृढ संकल्पले राष्ट्रिय टिममा फर्किन्छु भन्ने आत्मविश्वास उनीमा रहेको छ। ओमानमा आयरल्याण्डविरुद्ध द्रूत गतिमा बनाएको २२ रन नै उनको खेल कौशलताको एउटा सानो चिनारी हो, उनि कति सक्षम खेलाडी हुन भनेर चिनाउनका लागि।

चितवन टाइगर्सलाई एकपटकमात्र एभरेष्ट प्रिमियर लिगमा प्रतिनिधित्व गरेका उनी, क्षमतावान बायाँ हाते बलर पनि हुन्। त्यस्तै उनको फिल्डिंग एक्रोब्याटिक्स क्षमताले टीमलाई जुनसुकै बेलामा खेलमा फर्कन र खेलको गति परिवर्तन गर्न मद्दत गर्दछ।

इशानले धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस पनि पढिरहेका छन्। ‘खेल र अध्ययन दुवै सँगै जान सक्छन्’ भनाईको पर्याय बन्दै, उनले आफूलाई युवा र महत्वाकांक्षी क्रिकेटरहरूका रोल मोडलको रूपमा स्थापित गरिरहेका छन्। यस्ता प्रतिभाशाली खेलाडी पाउनु नेपाली क्रिकेट तथा खेल जगतको लागि सर्बोत्क्रिस्ट कुरा हो।

Leave a Reply

Next Post

हसरंगा चम्किदा श्रीलंकालाई सिरिज, भारतको दयनीय ब्याटिंग

Fri Jul 30 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| श्रीलंकाले भारतविरुद्धको तेस्रो तथा निर्णयक टिट्वेन्टी खेल ७ विकेटले जित्दै सिरिज आफ्नो पक्षमा पारेको छ। गए राती सम्पन्न खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको भारतले, निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै केवल ८१ रन बनाएको थियो। ८२ रनको लक्ष्य श्रीलङ्काले १४ दशमलव ३ ओभरमा […]
%d bloggers like this: