हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। फिफा विश्वकप २०२२ छनोट अन्तर्गत अहिले नेपाल कुवेतमा रहेको छ । दोस्रो राउण्डमा नेपालले पहिलो खेलमा चाइनिज ताइपेइलाइ २-० को गोलानातरले पराजित गर्यो।
नेपालले यस राउण्ड अन्तर्गत अब जोर्डान र अस्ट्रेलियाको सामना गर्ने छ। नेपालको विश्वकपमा छनोट हुने आशा सकिए पनि एसियन कपमा खेल्ने अवसर भने जिवितै रहेको छ।
कस्तो छ त सम्भावना ?
नेपालले चाइनिज ताइपेइलाइ पराजित गर्दै ६ अंकका साथ् चौथौ स्थान सुनिस्चित गरेको छ। नेपाल रहेको समूहको पहिलो स्थानमा अस्ट्रेलिया रहेको छ, दोस्रोमा कुवेत, तेस्रोमा जोर्डान र पाचौमा चाइनिज तैपेइ रहेको छ।
समुहको पहिलो स्थानमा रहने टोलि विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने छ भने एसियन कप २०२३ मा छनोट हुनेछ। त्यस्तै दोस्रो स्थानमा रहने टोलि विश्वकप छनोट को तेस्रो चरणमा छनोट हुदा, आसियन कपमा खेल्ने अवसर हुने छ। त्यस्तै तेस्रो र चौथौ टोलि भने विश्वकप छनोट बात बाहिरिन्छ र एसियन कप २०२३ को छनोट प्रतियोगिताको तेस्रो चरणमा पर्ने सम्भावना रहने छ।
नेपालको एसियन कप २०२३ मा सिधै छनोट हुने सम्भावना कठिन छ, उसले तेस्रो छनोट प्रतियोगिता भने मौका पाउने छ।
विश्वकप छनोट अन्तर्गत भएका आठ समूह मध्ये आठ टोलि बीच, शिर्ष चार टोलिले एसियन कपको छनोट खेल्न पाउने छन्।
आठ टोलि मध्ये हालको अवस्था यस्तो रहेको छ :
उक्त अंक तालिकामा पहिला चौथौ टोलि हरुले एसियन कपको तेस्रो छनोट राउण्ड प्रवेश गर्ने छन् भने तलका चार टोलिले फेरी प्ले अफ खेली कुनै एक टोलिले तेस्रो चरणको छनोटमा स्थान बनाउने छ।