हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भ्रष्टाचार काण्डमा मुछिएका अखिल नेपाल फुटबल सङ्घका पूर्व अध्यक्ष गणेश थापालाई फिफाले चेतावनी पत्र पठाएको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले १० वर्षको प्रतिबन्धमा परेका एन्फाका पूर्व अध्यक्ष गणेश थापाले फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुन नहुने बताएको छ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई बुधबार लेखेको पत्रमा फिफाका प्रमुख सदस्य संघ अधिकृत केनी जीन मारी र एएफसीका उपमहासचिव वाहिद कर्दनीले एन्फालाई पूर्व अध्यक्षमाथि लगाइएको प्रतिबन्धको स्मरण गराए।
भ्रष्टाचार सम्बन्धी मुद्दामा विश्व फुटबल संघ फिफाले गणेश थापालाई फुटबल जुनसुकै पनि गतिविधिमा संलग्न हुन दसवर्षे प्रतिबन्ध लगाएको छ।
पत्रमा उक्त कसुर सम्बन्धि सजाय लाई पुनः स्मरण गराउँदै फिफाले अखिल नेपाल फुटबल संघलाई पत्र काटेको हो।
“जबसम्म प्रश्नमा प्रतिबन्ध कायम रहन्छ, फिफाले एन्फा र यसका सदस्यहरूले गणेश थापालाई जानाजानी कुनै पनि प्रकारको फुटबल सम्बन्धी गतिविधिमा संलग्न हुन अनुमति नदिने अपेक्षा गर्दछ।”
त्यो चाहे राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा (प्रशासनिक, खेलकुद वा अन्य) पत्रमा भनिएको छ।
पत्रमा थापाले फिफाको निर्णय उल्लंघन गरेमा थप कारबाहीका लागि फिफा अनुशासन समितिमा रिपोर्ट गर्न भनिएको छ ।
सन् २०१५ मा फिफा एथिक्स कमिटीको न्यायिक चेम्बरले थापालाई उपहार तथा अन्य सुविधा दिने र लिने र घुसखोरी र भ्रष्टाचार गरेको आरोपमा १० वर्षको जेल सजाय तोकेको थियो।
उनलाई दश वर्षको अवधिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा (प्रशासनिक, खेलकुद वा अन्य) कुनै पनि प्रकारको फुटबल सम्बन्धी गतिविधिमा भाग लिन प्रतिबन्ध लगाइएको थियो र झन्डै ३१ लाख जरिवाना तिर्न पनि आदेश दिइएको थियो।
कतारलाई विश्वकप छनौट आयोजना गर्ने सम्बन्धमा भ्रष्टाचार गरेको आरोप लागेपछि एन्फाका पूर्व अध्यक्ष गणेश थापालाई फिफा छानबिन गर्दै दोषी ठहर गरेको थियो।