हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका युवा खेलाडीद्वय गाभी र अराउजो दुबै खेलाडीहरूले, क्लबबाट नयाँ सम्झौताको पछिल्लो सम्बन्धित प्रस्तावहरू अस्वीकार गरेका छन्।
बार्सिलोनाले अघिल्लो प्रस्तावहरूको तुलनामा गाभि र अराउजोलाई सुधारिएको सर्तहरू प्रस्ताब गरेको थियो।
अन्य सम्झौता वार्ताहरू जस्तै, बार्सिलोनाका दुवै खेलाडीहरूलाई प्रारम्भिक प्रस्तावहरू गरेको थियो जुन दुवै पक्षले नकारेका थिए।
सर्गी रोबर्टो र ओस्मान डेम्बेलेसँग पनि त्यस्तै भयो , तर अन्तिम क्षणमा ति सम्झौता वार्ताहरू टुटेका थिए।
अराउजोमा र म्यानचेस्टर युनाइटेड हालको समयमा एक अर्का बीच निकै नजिक रहेका छन्।
चेल्सीले पनि २३ बर्षिया खेलाडीलाई आफ्नो राडारमा राखेको छ।
तर यो सम्झौता अहिलेको समयमा उनीहरूले भोगिरहेको आर्थिक समस्यालाई ध्यानमा राख्दै कठिन देखिन्छ।
युरोपभरि विभिन्न क्लबहरू छन् जसले गाभीमा रुचि राखेका छन्. पेड्रीको गाभी उदय हुनुअघि निकै प्रतिभाशाली खेलाडीका रुपमा हेरिएका थिए।
केवल १७ बर्षका रहेका गाभीलाई अनुबन्ध गर्ने जो कोहीको लागि एक शानदार विकल्प हुनेछ, तर हालसम्म उनको प्राथमिकता बार्सिलोनाको सम्झौता नवीकरण गर्नु रहेको छ।
बार्सिलोनाले अर्को सिजन अगाडी गर्न लागेको अनुबन्धले गाभि र अराउजोका प्रतिनिधिहरूसँगको वार्तामा नकारात्मक प्रभाव पारेको छ।
हाल बार्सिलोना आउने पक्का भएका क्रिसटिनसेन र अराउजो समान स्थितिमा खेल्छन् , र उसले वर्षको ६ मिलियन यूरो कमाउनेछ।
बार्सिलोनाले अराउजोको नयाँ सम्झौताको प्रस्ताव गरेको भन्दा यो वार्षिक तलब धेरै हो ।
यसैबीच, गाभिको जस्तै पोजिसनमा खेल्ने फ्रान्क केसीको अवस्था पनि त्यस्तै छ ।
बार्सिलोनाका लागि अर्को समस्या भनेको गाभि र अराउजो दुवैको सम्झौता जुन २०२३ मा सकिँदैछ।
बार्सिलोना विन्टर विन्डो सुरु हुनु अघि एक सम्झौतामा पुग्न चाहन्छ।
यदि उनीहरूले त्यसो गरेनन् भने दुवै खेलाडीले अर्को सिजन फ्री ट्रान्सफरमा क्लब छाड्नेछन्।
तर, अहिलेको जटिल अवस्थाका बाबजुद पनि सहमति हुनेमा बार्सिलोना भने विश्वस्त रहेको छ।