गुलशन झा!! जसको कौशलनै बन्यो सफलताको चाबी

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय क्रिकेट टोलीमा उदयीमान प्रतिभाका रुपमा स्थापित गराउँदै गुलशन झा क्यानको बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन्।

काठमाडौंमा गत मार्चमा सम्पन्न काठमाडौं मेयर कपमा नेपाल पुलिस क्लब बाट खेल्दै आफ्नो प्रदर्शनले सबैका मन जितेका गुलशन झा, ओमानमा हुने गइरहेको आइसिसी विश्व क्रिकेट लिग अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणमा बोलाइएका छन्।

सर्लाहीको मलङ्गवा नगरपालिकामा जन्मिएका १७ वर्षीय गुलशन एक निम्न वर्गिय परिवारका सदस्य हुन्।

बुवाले इँटाभट्टामा काम गर्दै सरकारी स्कुलमा पढाएका गुलशन गाउँमा केटाकेटी संगै क्रिकेट खेल्दै हुर्किएका थिए।

जिल्लास्तरीय परीक्षा दिइसकेपछि परिवारसँगै भारतको राँची गएका गुलशन को क्रिकेट त्यसपश्चात मौलाएको थियो।

आफ्ना बुवाको साथी संगै राँचीमा रहेर करिब चार वर्ष गुणस्तरीय ट्रेनिङ गर्न पाएका गुलशनले आफ्ना गुरुका रूपमा झारखंडका पुराना खेलाडी अरुण विद्यार्थी पाएका थिए। गुरु अरुणकै समीपमा रहेर आफूले असली व्यावसायीक क्रिकेटको बारेमा बुझेको उनि बताउँदछन्।

उनले आफूभित्र आएको निखारपन र क्षमता अरुण सरकै कारणले आएको बताउने गरेका छन्।

भारतमा कोभिडको पहिलो लहरले पुरै देशलाई नै तहसनहस बनाउँदा गुलशन नेपाल फर्किएका थिए। भाग्यवश भन्नुपर्छ उनको क्षमतालाई सर्लाहीका जिल्ला क्रिकेट एसोसिएसन अध्यक्ष माधव कर्मचार्यले नजिकैबाट नियाल्न पाए।

त्यसपश्चात सर्लाहीबाट घरेलु प्रतियोगिताहरू खेल्दै उनले आफ्ना क्षमतालाई अझ निखार्ने र प्रस्तुत गर्ने मौका पाएका थिए। प्रधानमन्त्री कपका लागि प्रदेश नम्बर दुईबाट दुर्भाग्यवश छानिन नपुग्दा ट्रायल का क्रममा मा नछानिएका प्रतिभाशाली खेलाडीहरु मध्ये उनी एक हुन्।

तर नेपाल पुलिस क्लबले अन्तत उनलाई आफु संगै डोहोर्याएर एउटा गन्तब्य देखायो। फल स्वरूप उनले मेयर कप खेल्ने मौका पाए।

काठमाडौँ मेयर ११ विरुद्ध आफ्नो पहिलो खेल खेलेका गुलशन झा ले सो खेलमा विकेट नलिएता पनि ६ ओवर बलिङ गर्दै एक मेडन राखेर २२ रनको किफायती बलिङ गर्न भने सफल भएका थिए।

उनको क्षमता भने उनले फाइनलमा प्रस्तुत गरेका थिए।

काठमाडौँ मेयर कपको फाइनलमा नेपाल पुलिस क्लबलाई उपाधि जिताउने क्रममा फाइनलमा उनको प्रदर्शन लोभलाग्दो थियो। प्रतियोगिता भरिमा केवल दुई खेल मात्र खेल्न पाएका गुलशन झा ले फाइनलमा भने आफ्नो चमत्कार देखाएका थिए।

कीर्तिपुरमा भएको फाइनल खेलमा एपीएफलाई १०५ रन मै समेट्ने क्रममा चार विकेट लिन सफल गुलशन झा ले शरद भेसवाकर, भुवन कार्की र शंकर राणा जस्ता खेलाडीहरुलाई आउट बनाउन सफल भएका थिए।

व्यक्तिगतरुपमा उत्कृष्ट प्रदर्शन गरेका उनी फाइनल खेलमा म्यान अफ द म्याच घोषित भएका थिए।

सटिक बलिङ, सधैँ लाइनमा बलिङ गर्ने साथै गतिले पनि साथ दिएका उनी, बाउन्सरको प्रयोग बखुबिले गर्न सक्छन्।

दायाँ हाते मध्यम गतिका बलर भएतापनि उनले ब्याटिङ भने बायाँ हातले गर्ने गरेका छन्।

गुलशन झा संगै बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, दिपेन्द्र ऐरी, आसिफ शेख, आरिफ सेख, कुशल मल्ल, बिनोद भण्डारी, करण केसि, सोम्पाल कामि, सन्दीप लामीछाने, कमल सिं. ऐरी, अविनाश बोहोरा, शबाब आलम, सुशन भारी, सरद भेसवाकर, बिक्रम सोब, पवन सर्राफ र रोहित कुमार चौधरी रहेका छन्।

त्रिकोणात्मक सिरिजको मिति भने नेपाल क्रिकेट संघ र आईसिसि दुबैले अहिले सम्म सार्वजनिक गरेका छैनन्।

Leave a Reply

Next Post

कमुनिटी सिल्ड फाइनल अन्तर्गत लेस्टर र म्यानचेस्टर सिटी, यस्तो छ इतिहास :

Sat Aug 7 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। गत सिजनको को प्रिमियर लिग विजेता म्यानचेष्टर सिटी तथा एफए कप विजेता लेस्टर सिटी यसपालीको कम्युनिटी शिल्ड फाइनलमा आज बेलुका भिड्दैछन्। इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुभन्दा अगाडि सधैं कम्युनिटी शिल्ड खेलिने गरिन्छ। जसमा अघिल्लो पटकको प्रिमियर लिग च्याम्पियन र एफए कप विजेता एकआपसमा भिड्ने […]
%d bloggers like this: