ग्रानडा विरुद्ध रियलको कठिन जित, शिर्ष स्थानमा ६ अंकको अग्रता

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| १६ औ स्थानको ग्रानडा विरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै रियल मड्रिडले लालिगामा आफ्नो अग्रता लम्ब्याएको छ।

मार्को एसेन्सियोले पाहुना टोलि ग्रानाडा विरुद्ध दोस्रो हाफमा गरेको एकमात्र गोलको मद्दतले रियल म्याड्रिडलाई ला लिगा सान्टान्डर तालिकाको शीर्ष स्थानमा ६ अंकको अग्रता दिलाएका थिए।

उनले ७४औं मिनेटमा गोल गरेका थिए ।

करिम बेन्जेमा, भिनिसियस, कासेमिरो र लुकास भाज्क्वेजलाई बिनै मैदानमा उत्रेको घरेलु टोलीले जित निकाल्न निकै संघर्ष गरेको थियो।

पहिलो हाफको ४५ मिनेटमा इस्कोले आफ्नो नयाँ भूमिकामा निकै प्रभावशाली प्रदर्शन गरेका थिए तर, रियल म्याड्रिडलाई अग्रता भने दिलाउन सकेनन्।

ग्रानडाका गोलरक्षक लुइस म्याक्सिमिलियानो लगातार बाधक बन्दै रियल मड्रिडका एक पछि अर्को आक्रमणलाई विफल पारिरहे।

तर दोस्रो हाफको ७४ औ मिनेटमा इडर मिलिसाओले रावाबाट बल खोसेपछि एसेन्सियोले नियन्त्रणमा लिदै झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत हुँदा गोलरक्षकले बचाउने कुनै मौका नै पाएनन।

खेलको अन्त्य तिर रियलका लागि इस्कोले प्रहार गरेका केहि राम्रा शट हरुलाई आकर्षक बचाव गरेपछि, पाहुना टोली थप गोल खानबाट जोगिएको थियो।

यो जितसँगै रियलले शीर्षस्थानमा स्पष्ट ६ अंकको अग्रता लिएको छ । रियलको २३ खेलबाट ५३ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको सेभियाको ४७ अंक छ । पराजित ग्रानडा २४ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

 

Leave a Reply

Next Post

जाभीले सिमिओनीलाई हरेक कोणबाट परास्त गरे!

Mon Feb 7 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोना र एट्लेटिको म्याड्रिड बीचको खेल सुरु हुनु अघि सिमिओनीले उनको ब्यबस्थापन शैली माथी गरेको आरोप उठाएका थिए। डिएगो सिमोनले केही आलोचनात्मक टिप्पणीहरू सम्झाए जुन जाभी हर्नान्डेजले २०१६ मा एट्लेटिकोको खेल शैलीको बारेमा गरेका थिए। तर मैदानमा भने दुई फरक खेल्ने शैलीको यो भिडन्तमा आफ्नो टोलि […]
%d bloggers like this: