ग्राहम रोबर्ट्स: जसले नेपाललाई दक्षिण एसियाकै नम्बर एक टोलि बनाए

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली फुटबलले आफ्नो समग्र इतिहासमा दक्षिण एसियाको नम्बर एक टोलि बन्न केवल दुई मौका जुराएको छ।

सन् ९० को दशकमा एकपटक भने अर्कोपटक २०१० पछि जब ग्राहम रोबर्ट्स नेपालि राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बने।

उनको समयमा नेपालले सम्भवतः साउथ एसियामै सबै भन्दा राम्रो फुटबल खेल्ने गर्थ्यो।

नेपाली राष्ट्रिय टोलि संगै उनि आफ्नो खेल जीवनमा पनि सफलता हात पारेका छन्।

टोटनह्यामले सन् १९८१ र १९८२ मा एफए कपको उपाधि जित्दा र १९८४ मा युइएफए कप जित्दा रोबर्ट्स टोलीका सदस्य थिए। उनले इङ्ल्यान्ड राष्ट्रिय टोलीका लागि ६ क्याप जितेका थिए।

नेपाली राष्ट्रिय फुटबल टोली सम्हाल्नुअघि पाकिस्तानी राष्ट्रिय टोलीको नेतृत्व गरेर आएका रोबर्ट्सले नेपाललाई फिफा वरीयतामा सन् १९९० पश्चात सबै भन्दा राम्रो स्थितिमा पुर्याए।

सन् २०११ को जनवरीमा उनले नेपाली राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी सम्हालेका थिए।

नेपाललाई १७२औं स्थानबाट १३६औं स्थानमा पुर्याउँदा दक्षिण एसियाकै सबैभन्दा उत्कृष्ट टोली बनाउन सफल भएका थिए।

उनकै नेतृत्वमा सन् २०१०को विश्वकप खेलेको उत्तर कोरिया विरुद्ध घरेलु मैदानमा एएफसी च्यालेन्ज कपको छनौटमा १-० को हारमा नेपालले गरेको प्रदर्शन उत्कृस्ट टोलीहरु विरुद्ध सबैभन्दा राम्रो प्रदर्शन मध्येको एक हो।

रोबर्ट्सले १४ महिना नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए । उनले आफ्नो टोलीलाई २०१४को विश्वकप एशिया जोन क्वालिफायरको दोस्रो राउन्डमा पुर्‍याए, जसमा जोर्डनसँग ९-० ले पराजित पनि भयो थियो भने भारतमा भएको दक्षिण एसियाली फुटबल फेडरेशन कप (अहिलेको साफ च्याम्पियनशिप)को सेमीफाईनल पुग्यो।

जोर्डनविरुद्ध ९-० को हार व्यहोरेका पनि दोस्रो लेगमा दशरथ रंगशालामा जोर्डनलाई १-१ को बराबरीमा रोक्दै नेपाली दर्शकहरुलाई राहत दिएका थिए।

उनले घरेलु भूमिमा एसियन फुटबल कन्फेडेरेसन च्यालेन्ज कप फाइनलका लागि योग्यताको निरीक्षण पनि गरे, जुन योजनामा जान सकेन।

तीन खेलमा तीन पराजय र खेलाडी उपलब्धताका विषयमा नेपाली सेनासँगको किचलोले उनले एफसि च्यालेन्ज कप लगत्तै राजिनामा दिए।

“प्रशिक्षकका रूपमा यो मेरो अन्तिम खेल थियो। यो सुन्दर राष्ट्र-नेपालको प्रशिक्षक बन्न पाउँदा ठूलो खुसी लागेको छ। यो टोलीको व्यवस्थापन गर्दा मैले राम्रोसँग आनन्द उठाएको छु। म एन्फा अध्यक्ष, एन्फा पदाधिकारीहरू मेरा साथीहरुलाई धन्यवाद दिन चाहन्छु। उहाँहरुको साथको लागि।“

“म विश्वका सर्वश्रेष्ठ समर्थकहरूलाई धन्यवाद दिन चाहन्छु। सबै नेपाली समर्थकहरूले यो टोलीमा गर्व गर्नुपर्दछ। राम्रो र नराम्रो समयमा मेरो साथ दिनुहुने सबैलाई म धन्यवाद दिन्छु। मैले प्रत्येक पलहरुको आनन्द उठाएँ यहाँ नेपालमा। नेपाली फुटबलको उज्यालो भविष्यको कामना गर्दछु।“ उनले अन्तिम प्रेस मिटिंगमा बताए।

रोबर्ट्सको नेतृत्वमा नेपालले १७ खेल खेलेको थियो जसमा ६ जित, सात हार र चार बराबरी रहेको छ।

Leave a Reply

Next Post

सर्जी रोबेर्टो र बार्सिलोना बीच नयाँ सम्झौता झन् कठिन बन्दै

Tue Oct 26 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका घरेलु उत्पादन सर्जि रोबर्टोसंगको नयाँ सम्झौता कठिन मोडमा आएको स्पेनिश मिडिया डायारोले बताएको छ। डायरियो यूएफले रिपोर्ट गरे अनुसार, सर्जी रोबर्टोले क्लबसँग सम्झौता गर्न असफल भएपछि बार्सिलोनासँग नयाँ सम्झौतामा हस्ताक्षर नगर्ने बताएको छ। रोबर्टो, ला मासिया युवा सेटअपको घरेलु उत्पादन रहेका छन् भने अघिल्लो दशक […]
%d bloggers like this: