ग्रिज्म्यानको ट्रान्सफर प्रति बार्सिलोनाका म्यानेजरको असन्तुष्टि

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले ट्रान्सफर विन्डोमा एन्टोनी ग्रिजम्यानलाई एट्लेटिको म्याड्रिड पठाउनु खराब निणर्य भएको स्वीकार गरेका छन्।

ट्रान्सफरको अन्तिम क्षणमा गरिएको सो निणर्यले उनको ठाउँमा प्रतिस्थापन गर्न कुनै समय छोडेन।

तर ग्रिजम्यानको बहिर्गमनले क्लबको वित्तीय स्थितिमा ठूलो सहयोग पुर्‍याएको छ।

बार्सिलोनाले सेभिल्ला स्ट्राइकर लुउक डी जोन्ग भित्र्याए पनि, उक्त निर्णय यस सम्झौतामा सहमत हुनु भन्दा पहिले नै धेरै हप्ताको लागी लक्षित भएको  बार्सिलोनाका प्रशिक्षक कोम्यानले बताएका छन्।

ग्रिजम्यानको आगमनले भने एट्लेटिकोलाई अझ बलियो बनाएको छ। सम्भवतः स्पेनको अहिलेको बलियो टोलि नै एटलेटिको रहेको छ।

मंगलबार राती फिनल्याण्डको बिरुद्ध फ्रान्सको लागी दुई पटक गोल गरेर आफ्नो दक्षता प्रमाणित गरिसकेका ग्रिज्म्याँनले लेस ब्लेउसको लागि सबै भन्दा बढी गोल गर्ने शीर्ष स्कोरर को सूची मा राष्ट्रिय लेजेंड मिशेल प्लेटिनीसंग बराबर गरेका छन्।

“यो एक b***h थियो,” भन्दै प्रेस मिटमा किमनले फ्रान्सेली खेलाडीको प्रस्थान को समय बारे मा भनेका थिए।

ट्रान्सफरको अन्तिम दिन आफूहरुसँग कुनै पनि विकल्प नरहेको अवस्थामा सो निर्णय लिनु कठिन भए पनि साथै फ्रान्सेली फरवार्ड ग्रिजम्यानको बार्सिलोनामा निकै राम्रो तलव सुविधा सहितको सम्झौता भएतापनि उनको बहिर्गमनले बार्सिलोनाको वित्तीय स्थिति सुदृढ हुने भएपछि आफूले उक्त ट्रान्सफरले नरोकेको उनले बताएका छन्।

ग्रिज्म्यान यस सिजन लोनमा एटेलेटीको मड्रिड गएका छन्। संगै एटलेटीकोमा ग्रिजमनले लिगमा ५०% खेल खेलेमा मड्रिडले किन्ने पर्ने सर्त रहेको छ।

भर्खरै बार्सा आएका लुक डीजोंग ग्रिजम्यानको प्रतिस्थापन को रूपमा लक्षित थिएनन्, किम्यानले व्याख्या गर्दै भनेका छन : “म पहिले नै डी जोंग संग सम्मिलित हुने सम्भावना को अध्ययन को लागी अगस्त को शुरूदेखि नै उ संग कुरा गरेको थिएँ।

“म मेरो अगाडि भएको भन्दा फरक हुन चाहान्छु र मैले उसको बारेमा सोचेँ किनकि म उसलाई धेरै राम्ररी चिन्छु। वास्तवमा, म सोच्दै थिएँ कि यो कसरी सम्भव छ कि बार्सिलोनाले लुक जस्ता खेलाडी कहिल्यै अगाडि किन पारेन? उसले हामीलाई धेरै प्रकारका खेल हरुमा सघाउने छ, विशेष गरी एरियल खेलहरुमा एकदमै सम्भावना दिने छन्। उ संग हामी अझ आक्रामक फुटबल खेल्न सक्छौ”- किम्यानले प्रस्ट पारेका छन।

बार्सिलोना अहिले संकटको घडीमा भएता पनि आफु अझै धेरै वर्ष बार्सिलोनाकै कोचको रुपमा रहन पाए खुशी हुने कुरा उनले बताएका छन्।

“हाम्रा क्लबका निर्णय, मसँग काम गर्ने मेराे स्टाफहरुको निर्णय सँगसँगै बार्सिलोनाका अन्य थुप्रै कुराहरू जसले अहिले बार्सिलोनामा रहेका युवा खेलाडि हरुलाई मौका दिएको छ मलाई लाग्छ म अझै ४ ५ वर्ष यहाँ रहन सक्छु”-डच् प्रशिक्षक कीम्यान ले बताए।

 

Leave a Reply

Next Post

रोनाल्डोले म्यानचेस्टर युनाईटेडको साख फर्काउनेमा विश्वस्त ब्रुनो

Thu Sep 9 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रिस्टियानो रोनाल्डोको आगमनले म्यानचेस्टर युनाइटेड अब उपाधि जित्न सक्षम हुने मिडफिल्डर ब्रुनो फर्नांडेसले  बताएका छन्। आफ्नो आगमनमै तहल्का मच्चाएका ब्रुनो फर्नान्डेसले क्रिष्टियानो रोनाल्डोले आफू सँगै ल्याउने आत्मविश्वास र अनुभवले म्यानचेष्टर युनाइटेडका नयाँ पिढीलाई क्लबलाई पुरानै स्थानमा फर्काउन महत्वपूर्ण भूमिका खेल्ने बताए। ब्रुनो फर्नान्डेस आफ्नो डेब्यु देखिनै […]
%d bloggers like this: