हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ । नेपाली दर्शकका लागि क्रिकेट तथा फुटबलका क्रियाकलाप् सधै नै महोत्सब जस्तो रहने गर्दछ। दशकौ देखि खेलिदै आएको क्रिकेटको महत्व नेपाली दर्शकबीच बढ्दै गैरहेको छ र बढ्दै नै जाने छ।
डिभिजन प्रतियोगिता हरुबाट खुड्किला चड्दै आएको नेपाली क्रिकेट अहिले एक स्थिर अवस्थामा रहेको छ। एकदिवसीय र टि-२० मान्यता पाए पछि नेपाली क्रिकेटमा चैतार्फी बिकाश भैरहेको कुरा देखि हामी अबगत नै छौ।
लोकल स्तरबाट बिकास हुदै गरेको नेपाली क्रिकेटले दर्शकसामु एक्सपोजर पाउनु आवश्यक रहेको छ। गत केहि बर्षबाट नेपालका विभिन्न स्थानहरुमा डमेस्टिक प्रतियोगिताहरु संचालन भैरहेका छन्। विभिन्न टेलिभिजन च्यानल तथा युटुबबाट दर्शक सामु पुग्ने गरेको सो प्रतोयोगीताहरुको प्रत्यक्ष प्रसारणले, खेलाडीको बिकास पनि हुने गर्दछ।
एउटा भरपर्दो खेलकुद च्यानलको खाचो भैरहेको अवस्थामा दिशहोमले पहिलो पाइला चालेको छ।
नेपालकै पहिलो डिजिटल केवल सेवा प्रदायकको रुपमा आम नेपालीमाझ उत्कृष्ट सेवा दिदै आएको तथा नेपाली खेलकुद क्षेत्रलाई सधै साथ र हौसला दिने साथै प्रबर्धनमा सधै तत्पर डीशहोम र नेपाल क्रिकेट संघ बीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने सम्झौता भएको छ।
श्रावण ८ गते भएको उक्त सम्झौता के कति रकम मा सम्झौता भएको भनेर चाहिँ खुलाइएको छैन। सम्झौता अन्तर्गत नेपाल क्रिकेट संघले आयोजना गर्ने सम्पूर्ण खेलहरुको प्रत्यक्ष प्रशारण डिसहोमको आफ्नै खेलकुद च्यानल एक्शन स्पोर्ट्सले गर्ने कुरा क्रिकेट एशोसिएसन नेपालले आफ्नो आधिकारिक वेबसाइट तथा फेसबुक र ट्वीटर ह्यान्डलमा विज्ञप्ति जारी गरेर बताएको छ।
यसअघि डिसहोमको एक्शन स्पोर्ट्सले पी.एम कप र मेयर्स कपको महिला र पुरुष गरेर ४ वटा प्रतियोगिताहरुको प्रत्यक्ष प्रसारण गरिसकेको छ।