घरेलु टोलि ओमान माथि नेपालको जित, माथिल्लो क्रममा समस्या उस्तै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टि ट्वान्टी विश्वकपको छनौट चरण खेल्न ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले, ४ देश सम्मिलित टी-ट्वान्टी सिरिजमा विजयी सुरुवात गरेको छ।

अर्को सातादेखि सुरु हुने ट्वान्टी विश्वकप छनौट प्रतियोगिताको तयारीस्वरुप आयोजना गरिएको यस सिरिजमा नेपाल सहित आयरल्याण्ड, ओमान र दुबई रहेका छन्।

शुक्रबार अल अमिरत क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको हो।

टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले ओमनलाई १३६ रनको मध्यम स्कोरमै रोक्न सफल भएको थियो।

जवाफी ब्याटिंगमा उत्रेको नेपालले १३७ रनको लक्ष्य १९.३ ओभरमा ४ विकेटको नोक्सानीमा पुरा गरेको थियो

१३७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालको माथिल्लो क्रमको ब्याटिङ पुनः खस्किएको देखिएको छ. नेपालले पूर्व कप्तान ज्ञानेन्द्र मल्ल सहित आफ्ना दुवै ओपनरलाई सस्तैमा गुमाउन पुगेको थियो 

नेपालको जितमा दीपेन्द्रसिंह ऐरी विस्फोटक अर्धशतकिय पारी खेल्दै सर्वाधिक ७३ रनको योगदान गरे । उनले ५३ बलमा ८ चाैका र १ छक्का प्रहार गरेका थिए।

ओपनरद्वय प्रदिप ऐरी र आशिफ शेखले क्रमश: ४ र १४ रन जोडे । ज्ञानेन्द्र मल्ल १३ रन बनाएर आउट हुँदा आरिफ शेखले २५ रन जोडे। त्यसैगरि शरद भेस्वाकर ४ रन बनाउँदै नट आउट रहे।

यसअघि टस हारेर ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। ओमानका लागि कप्तान जिशान मकसूदले सर्बाधिक ४३ रन जोडे।

ओपनरद्वय कश्यप कुमार हरिशभाई र जतिन्द्र सिंहले क्रमश: ११ र १३ रनको योगदान गरे । यस्तै, शोएब खान र आयन खानले समान ११/११ रन जोडे । मोहम्मद नदीमले ३१ रन बनाउँदा खुराम नवाज ६ रनमा नट आउट रहे । नसिम खुशी शून्य रनमै आउट भए ।

नेपालका लागि अभिनाश बोहराले राम्रो प्रदर्शन गरेका थिए। उनले चार ओभरमा २६ रङ दिदै तीन विकेट लिए। कप्तान सन्दीप लामिछाने, आरिफ शेख र कमल ऐरीले समान एक/एक विकेट लिए।

खेलमा ७३ रङ जोडेका दिपेन्द्र खेलको म्यान अफ द म्याच घोषित भएका थिए।

Leave a Reply

Next Post

एटलेटीको मड्रिड विरुद्धको खेल र रोनाल्डोको खराब फर्म

Mon Feb 14 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो गोल गर्न कति धेरै अभ्यस्त छन् त्यो कुराको बर्णन गर्न आवश्यक छैन। २००२ देखि हरेक वर्ष त्यसो गर्दै आएका छन्, तर पोर्चुगल फरवार्डले २०२२ मा आफ्नो डक तोड्न बाँकी छ। उनी हाल म्यानचेस्टर युनाइटेडमा निराशाजनक समयको आंकडा काटिरहेका छन्, रोनाल्डोले आफ्नो अन्तिम […]
%d bloggers like this: