घरेलु मैदानमा अर्जेन्टिनाको उत्कृस्ट प्रदर्शन, उरुग्वे सहजै पराजित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दक्षिण अमेरिकी विश्वकप क्वालिफायर खेल अन्तर्गत गएराति सम्पन्न खेलमा अर्जेन्टिनाले उरुग्वेलाई पराजित गरेको छ।

घरेलु मैदानमा उरुग्वे विरुद्धको जितमा अर्जेन्टिनी अग्रपंक्तिका खेलाडीहरुले शानदार प्रदर्शन गरे।

निकै आक्रामक खेल प्रदर्शन गरेको अर्जेन्टिनाले उरुग्वेलाई पहिलो हाफको सुरुवातदेखि नै दवावमा राखेको थियो।

खेलमा पहिलो हाफमा दुबै टोलीले गोल गर्ने राम्रा राम्रा अवसरहरु खेर फ्यालेका थिए।

२२औं मिनेटमा माटिएस भिनाको भली पासमा लुइस सुआरेजको प्रहारलाई गोलरक्षक मार्टिनेजले स्तरीय बचाव गर्दा उरुग्वे अग्रता लिनबाट चुक्यो ।

अर्जेन्टिनाका तर्फबाट खेलको २६ औं मिनेटमा लुटारो मार्तिनेजले पाएको मौकालाई पोस्टको सही दिशा देखाउन सकेनन्।

खेलको ३२ औं मिनेटमा उरुग्वेका गोलकिपर बिट भइसकेको अवस्थामा लो सेल्सोले गरेको प्रहार पोष्टमा ठोकिन पुग्दा अर्जेन्टिना अग्रता लिन बाट वञ्चित भएको थियो।

तर कप्तान लियोनेल मेस्सीले ३८औं मिनेटमा प्रहार गरेको बललाई बचाउन नसक्दा उरुग्वे खेलमा १-०ले पछाडि परेको थियो।

निर्धारित ४५ मिनेटको पहिलो हाफ सकिन करिब एक मिनेट बाँकी रहेको अवस्थामा उरुग्वेको रक्षा क्रम पुनः एकपटक चुक्दा अर्जेन्टिनाले आफ्नो अग्रता दोब्बर बनाएको थियो। रोड्रिगो पाउल ले ४४औं मिनेटमा अर्को गोल थपेका थिए।

६२औं मिनेटमा लोउटारो मार्टिनेजले लो सेल्सोको पासमा गोल गर्दै अर्जेन्टिनालाई ३–० को अग्रता दिलाए। त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा अर्जेन्टिना विजयी हुन सफल भयो।

जित संगै अर्जेन्टिना विश्वकप क्वालिफायरमा अझै अपराजित रहेको छ। १० खेल खेलेको अर्जेन्टिनाको ६ जित र ४ बराबरी गर्दै २२ अंक सहित तालिकाको दोस्रो स्थानमा बसेको छ। समान १० खेल खेलेको ब्राजिल २८ अंक सहित तालिकाको शिर्ष स्थानमा रहेको छ।

अर्जेन्टिनाले क्वालिफायर अन्तर्गतकै अर्को खेल शुक्रबार पेरु संग खेल्ने छ।

Leave a Reply

Next Post

विश्वविजेता फ्रान्सलाई नेसन्स लिगको उपाधि, फाइनलमा स्पेन पराजित

Mon Oct 11 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दोस्रो संस्करणको युरोपियन नेसन्स लिग प्रतियोगिताको उपाधि फ्रान्सले जितेको छ। गएराति सम्पन्न खेलमा लुइस एनरिकेको स्पेनिश टोलीलाई २-१ ले पराजित गर्दै फ्रान्सले उपाधि हात पार्यो। प्रतिस्पर्धात्मक खेलमा फ्रान्स लाई जित दिलाउने क्रममा करिम बेन्जेमा र कीलियण एमबाप्पेले एक एक गोल गरे। निकै सुस्त देखिएको खेलमा स्पेनका […]
%d bloggers like this: