घरेलु लिगमा खेलाडीहरुको प्रदर्शनलाई लिएर प्रशिक्षक अल्मुताईरी सन्तुष्ट!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले जारि लिगमा खेलाडीहरुको प्रदर्शनलाई लिएर सन्तोषजनक प्रतिक्रिया दिएका छन्

मंसिर ३ गतेबाट सुरु भएको सहिद स्मारक ए डिभिजन लिगमा खेलाडीहरूको प्रदर्शन सन्तोषजनक रहेको कुरा उनले सामाजिक सञ्जाल मार्फत जनाएका थिए।

संगै उनले खेलाडीहरुले आफ्नो कौशलता देखाउन अझै बाकीं रहेको र आगामी दिनमा देख्न पाईने समेत बताएका छन्।

खेलाडीहरु बाट सन्तुष्ट भएका प्रशिक्षक अब्दुल्लाले समर्थक हरुलाई भने ” प्रशंसकहरूको मुख्य भूमिका खेलाडी र खेलको नैतिक समर्थन र खेलाडीहरू विरुद्ध क्रूर हुनु हुँदैन।” भन्ने सन्देश छाडेका थिए।

केही महिनाअघि सम्पन्न भएको साफ च्याम्पियनसीप फाइनलमा नेपाललाई पहिलो पटक प्रवेश गराए सँगै राष्ट्रिय टोलीको जिम्मेवारीमा थप तीन वर्ष आफ्नो कार्यकाल थपेका प्रशिक्षक अब्दुल्ला अहिले भने छुट्टी मनाईरहेका छन्।

गत कार्तिक महिनामा राष्ट्रिय फुटबल टोलीको जिम्मेवारीमा तीनवर्ष थप तीन वर्ष रहने गरी हस्ताक्षर गरेपछि प्रशिक्षक अब्दुल्ला छुट्टी मनाउन बेलायत तर्फ उडेका थिए।

सम्झौता लम्ब्याउने कामसँगै उनले आउदो तीन वर्षका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको योजनाहरु पनि सार्वजनिक गरेका थिए।

लिग सुरु हुनु भन्दा अघि सम्पूर्ण क्लब र खेलाडीहरुलाई शुभकामना दिएका प्रशीक्षकको हालसालैको राम्रो संदेशले खेलाडीहरुमा थप मनोबल बढ्ने अपेक्षा गर्न सकिन्छ।

 

Leave a Reply

Next Post

म्यान युनाईटेड र बार्सिलोनालाई आज नकआउट चरणमा पुग्ने मौका!

Tue Nov 23 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आज राति म्यानचेस्टर युनाइटेड र बार्सिलोनालाई आ-आफ्नो खेल जित्दै अन्तिम १६ मा आफ्नो स्थान बनाउने राम्रो मौका रहेको छ। समूह ई मा रहेको बार्सिलोनाले आज घरेलु मैदान नाउ क्याम्पमा पोर्चुगिस टोली बेन्फिकाको सामना गर्दैछ। चार खेलबाट ६ अंक बटुलेको बार्सिलोना टोलीलाई आज […]
%d bloggers like this: