हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल म्याड्रिडले यस समरमा चाउमेनीलाई आफ्नो प्राथमिकतामा राखेको छ।
केलियन एम्बाप्पे संगको सम्झौतालाई मूर्तरूप दिन नसकेपछि मड्रिडले हाल आफ्नो ध्यान मोनाकोका मिडफिल्डर तर्फ पुर्याएको हो।
दुबै पक्ष वार्ताहरु निकै सकारात्मक बताइएको भनेतापनि फ्रान्सेली खेलाडीका लागि पेरिस र लिभरपुलले आ-आफ्नो सम्झौता पेस गर्न सक्ने भएकाछन्।
मोनाकोले भने आफ्ना मिडफिल्डरका लागि ८० मिलियन भन्दा कमको प्रस्ताव नमान्ने बताइसकेको छ।
एम्बाप्पेलाई पेरिस विरुद्ध गुमाएको रियल मड्रिडले चाउमेनिको हस्ताक्षरका लागि पनि उत्तिनै संघर्ष गर्नुपर्ने देखिन्छ।
पेरिसले मोनाको र खेलाडी दुवैको लागि अत्यधिक प्रस्तावको ल्याएको रिपोर्टहरु आएका छन् जसले लस ब्लान्कोसको कठिनाई बढाएको छ।
यस विषयमा रियल मड्रिडले आउँदो साता आफ्नो ठोस निर्णय बाहिर ल्याउने बताए पनि पेरिसले भने रियलले भन्दा बढी तिर्न सक्ने छाटकाट देखाएको छ।
फ्रान्सेली युवा खेलाडी चोउमानिले भने अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारिसकेका छन्।
युरोपेली च्याम्पियन रियल मड्रिडले एम्बापेको जस्तै यो ट्रान्सफरमा पनि धोका हुन नपाओस् भनेर निकै अघिदेखि चलाखीपूर्ण ढंगले प्रक्रिया अघि बढाएको छ।
रियल मड्रिडका अध्यक्ष पेरेज, क्लब मोनाकोसँग निरन्तर सम्पर्क रहेको कुरा स्पेनिस रिपोर्टहरुले बताईरहेका छन्
समरको ठुलो ट्रान्सफरलाई अन्तिम रूप दिनको लागि कुरा अन्तिम चरणमा रहेको र दुवै पक्षहरू निकट भविष्यमा पूरा हुनेमा विश्वस्त छन्।
सहमति भएमा चाउमेनीका लागि रियल मड्रिडले ५ वर्षको सम्झौतामा हस्ताक्षर गर्ने छ भने मोनाकोले भने बमोजिमको ८० मिलियन युरो पनि तिर्न पनि लगभग तयारी अवस्थामा देखिन्छ।
तर एम्बाप्पेलाई जस्तै आफ्नो नयाँ परियोजनाका लागि पेरिसमा भित्र्याउन सक्ने क्षमता भने पेरिसले बढाएको छ।
त्यसमाथि पनि पेरिसले हालै मोनाकोका पुर्ब फुटबल मेन्टर लुई क्याम्पोसलाई आफ्नो नयाँ रणनीतिमा ल्याउने भएको छ।
मोनाको संगको आफ्नो सम्बन्धका कारण उनले फ्रान्सेली मिडफिल्डरलाइ आफ्नो क्लब तर्फ आकर्षित गर्न सक्ने आधार बलियो भएको छ।