चेन्नाई सुपर किंग्सको रोमान्चक जित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इन्डियन प्रिमियर लिग अन्तर्गत बिहिबार बेलुकी भएको खेलमा चेन्नाई सुपर किंग्सले रोमान्चक जित निकालेको छ।

मुम्बई इन्डियन्स विरुद्ध खेलको अन्तिम बलमा रोमान्चक जित निकाल्दा चेन्नाईले सिजनको दोस्रो जित हासिल गरेको हो।

मुम्बईले दिएको १५५ रनको लक्ष्य चेन्नाईले ७ विकेट गुमाउदै, २०औ ओभरको अन्तिम बलमा १५६ रन जोड्दै ३ विकेटले जित्न सफल भयो।

चेन्नाईका लागि पुर्बकप्तान महेन्द्र सिंह धोनीले मुम्बई विरुद्ध फेरी एकपटक शानदार ब्याटिंग गरेका थिए।

१३ बलको सामना गरेका धोनीले अन्तिम ओभरको अन्तिम ४ बलमा १६ रन बटुल्दै टोलीलाई महत्वपूर्ण जित दिलाए।

चेन्नईको ब्याटिंग मुम्बई विरुद्ध पनि संघर्ष गर्न पुग्यो। आफ्ना ओपनरलाई सस्तैमा खेर फ्यालेको चेन्नाईलाई मध्यक्रममा उथप्पा र रायडुले बचाएका थिए।

चेन्नईका ओपनर ऋतुराज गायकवाड गोल्डेन डक भए भने मिचेल सान्टनार ११ रनमा पेभेलियन फर्किए।

अन्य ब्याट्सम्यानहरुमा शिवम दुबेले १३ र रविन्द्र जडेजा ६ रनमा आउट भए । ओपनर रोबिन उथप्पा भने २५ बलमा २ चौका र २ छक्कासहित ३० रनमा आउट भए।

अम्बती रायडूले सर्बाधिक रन बनाउने क्रममा ३५ बलको सामना गर्दै २ चौका र ३ छक्का प्रहार गर्दै ४० रन बनाए।

मुम्बई इन्डियन्सका तर्फबाट तीव्र गतिका बलर ड्यानियल साम्सले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन्।

अर्का पेस बलर जयदेव उनादकटले २ विकेट लिए भने र राइली मेरिडीथले १ विकेट लिए।

त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो।

सिजनमा राम्रो सुरुवातका लागि चरम संघर्ष गरेको मुम्बईले आजको खेलमा पनि सोहि लय विस्तार गरेको थियो।

दुवै ओपनर डक आउट भएको खेलमा सूर्यकुमार यादबले ३२ रन जोडे भने ऋतिक सोकिनले ले २५ रन बनाए।

मुम्बईका मध्यक्रमका ब्याटर तिलक बर्माले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५१ रनको अविजित इनिङ खेले।

जारि सिजनमा लगातर सात खेल गुमाएको मुम्बईले प्ले अफ खेल्ने सम्भावना गुमाएको छ। चेन्नाईले भने सात खेलमा दोस्रो जित निकाल्दै प्ले अफ सम्भावनालाई जिवितै राखेको छ।

 

Leave a Reply

Next Post

डी ब्रुन र पेप ग्वार्डीओलाको नयाँ उपलब्धि

Fri Apr 22 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिगमा सम्भवत सबैभन्दा उत्कृष्ट मिडफिल्डर डी ब्रुन र सिटिका कोच पेपले नयाँ उपलब्धि हासिल गरेका छन्।  युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल अघि प्रिमियर लिगमा भएको खेलमा सिटिका ब्यबस्थापक र मिडफिल्डरले आ आफ्नो कोशेढुंगा पार गरेका छन्। यसैसाता ब्राइटन लाइ ३-० ले पराजित गर्दा म्यानचेष्टर सिटीका प्रशिक्षक […]
%d bloggers like this: