हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले आउँदो सिजन टोली थप गुणस्तरिय बनाउन, चेल्सीबाट कम्तीमा पनि दुई खेलाडी अनुबन्ध गर्ने तयारी गरिरहेको छ।
चेल्सीका फुल्ब्याक मार्कस अलोंसो संगै सेजर एजपिलीकुएटाको स्थितिलाई बार्सिलोनाले मध्यनजर गरिरहेको रिपोर्टहरु बाहिर आएका छन्।
जारी सिजनमा लिगमा दोस्रो स्थान हात पारेको बार्सिलोना, आउँदो सिजन टोलीमा थप सुदृढ गर्दै घरेलु प्रतियोगिताहरुमा पूर्ण हो आफ्नो साख फर्कन चाहन्छ।
क्लब भित्र रहेको आर्थिक संकटका कारण ठूला खेलाडीहरु अहिले बार्सिलोनाले बिताउन सक्ने अवस्थामा छैन।
त्यसैकारण युरोप भित्र फ्री ट्रान्सफरमा भित्र्याउन सक्ने तथा कम रकममा ल्याउन सकिने उत्कृस्ट खेलाडीहरुको खोजि क्याटलान टोलीले तिब्र बनाएको छ।
चेल्सीबाटै बार्सिलोनाले नयाँ सिजनका लागि अर्का रक्षात्मक खेलाडी अन्द्रेस क्रिसटिनसेन भित्र्याउने लगभग पक्का भैसकेको छ।
यससँगै अग्रपंतिमा आफ्नो स्थिती सुदृढीकरणका लागि बार्सिलोनाले बायर्न म्युनिखका स्ट्राइकर रोबेर्ट लेवान्दोस्कीलाई लगातार मनाउने प्रयासमा छ।
म्युनिखले भने आफ्ना खेलाडीले सम्झौता अनुसार सन् २०२३ सम्म आफ्नो क्लबको लाई प्रतिनिधित्व गर्ने जनाई रहेपनि रोबेर्टले भने बार्सिलोना जाने इच्छा देखाईरहेका छन्।
आफ्ना अर्का स्टार खेलाडी उस्मान डेमबेलेले जारी सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेता पनि क्लबमा उनको भविष्य माथि प्रश्न चिन्ह उठेको छ।
गत महिना क्लवको नयाँ सम्झौतालाई अस्वीकार गरेका उनले बार्सिलोनामा रहने वा क्लब छाड्ने कुरा अझै स्पष्ट पारेका छैनन्।