हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। च्याम्पियन्स लिगको बर्तमान बिजेता चेल्सी र बर्तमान युइएफ़ए युरोपा लिग भिल्लारियल बिजेता बीच गएराती भएको युइएफ़ए सुपर लिग अन्तर्गतको फ़ाइनल खेलमा चेल्सी बिजयी भएको छ।
दुवै टोलिले उल्लेखनिय सुरुवात गरेपनि , २७ औ मिनेटमा चेल्सीका हाकिम जियेचले हाबर्ट्जको पासमा गोल गर्दै चेल्सीलाइ पहिलो अग्रता दिलाएका थिए।
गोल गरेपछि दबाब सिर्जना गरेको चेल्सीले पहिलो हाफ आफ्नो पक्षमा नै सकेको थियो। दोस्रो हाफ सुरु भएसंगै, भिल्लारियलको फरक रणनितिको खेल देखिएको थियो।
डिफेन्समा सटिक र स्ट्राइकरहरुको राम्रो मेलले भिल्लारियललाइ स्कोर बराबरीमा ल्याउने मौका मिल्यो ,जुन मौकालाइ मोरेनोले ७३ औ मिनेट मा बखुबी प्रयोग गरे।
दियाको पासमा मोनेरोले उत्कृष्ट गोल गर्दै खेललाइ बराबरीमा ल्याएका थिए । ९० मिनेट सकिदा पनि खेल बराबरीमै रहदा, खेल अतिरिक्त समयमा पुग्यो। अतिरिक्त समयको अन्तरालमा पनि निर्णय आउन नसक्दा , खेल पेनाल्टीमा पुग्यो।
पेनाल्टी पनि एकदम रोमाञ्चक रहेको थियो। भिल्लारियल र चेल्सीले आफ्ना पहिला पाच सटलाइ राम्रो ढंगले गोल गरेका थिए। ५-५ को स्कोर पछि , छैठौ प्रहारमा चेल्सीका रुडीगरले गोल गरे भने भिल्लारियलका लागि छैठौ प्रहार गरेका राउल अल्बियलको सटलाइ बचाउ गर्दै केपाले चेल्सीलाइ कपको हकदार बनाएका थिए।
यससंगै युइएफए च्याम्पियन्स लिगको बिजेता चेल्सीले युइएफए सुपर कपलाइ आफ्नो पोल्टामा पारेको छ।