चेल्सीले गर्यो आधा दर्जन गोल, युवा खेलाडी मेसन माउन्टको ह्याट्रिक!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा चेल्सीले नर्विच सिटी विरुद्ध गोलको वर्षा गरेको छ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको लिगमा तालिकाको पुछारमा रहेको टोली नर्वीच चेल्सीको अग्रपंक्ति सामु जवाफ विहिन बनेको थियो।

७-० गोल अन्तरले खेलमा पराजय भोगेको पाहुना टोली चेल्सी सामु अन्तिम ३० मिनेट १० खेलाडीमा सीमित भएको थियो।

पहिलो हाफमै ३-० को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप चार गोल गर्दै ७-० को जित हात पारेको हो।

चेल्सीको जितमा घरेलु उत्पादन रहेका युवा खेलाडी मेसन माउन्टले ह्याट्रिक गरेका थिए।

खेलको आठौं मिनेटमा पहिलो गोल गर्दै मेशनले चेल्सीको खाता खोलेका थिए। त्यसैगरी पहिलो हाफको अठारौं मिनेटमा अर्का युवा खेलाडी हड्सन ओडीईले अग्रता दोब्बर बनाए।

पहिलो हाफ सकिन ३ मिनेट बाँकी हुँदा रिसी जेम्सले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा ३-० अग्रता दिलाए।

दोस्रो हाफमा झन आक्रमक बनेको चेल्सीले थप चार गोल गर्दै घरेलु मैदानमा यस सिजनको सबैभन्दा ठूलो जित हात पार्न सफल भयो।

बेन चिलवेलले दोस्रो हाफको ५७औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ४-० को स्थितिमा पुर्याएका थिए। म्याक्स आरोनले ६२औं मिनेटमा आत्मघाती गोल गर्न पुग्दा ५-० ले पछि पारेको पाहुना टोलीबाट बेन गीबसनले ६५औं मिनेमा रातो कार्ड पाएपछि बाँकी समय १० खेलाडीमा सीमित बनेको थियो।

मेसन माउन्टले नै खेलको ८५औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै व्यक्तिगत दोस्रो तथा तथा टोलीका लागि छैठौं गोल गरे भने दोस्रो हाफको अतिरिक्त समयमा गर्दै थप अर्को गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।

Leave a Reply

Next Post

दक्षिण अफ्रीकालाई हराउदै विश्वकपमा अस्ट्रेलियाको बिजयी सुरुवात

Sat Oct 23 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टि-ट्वेन्टी विश्वकप प्रतियोगिता अन्तर्गत शनिबार भएको सुपर १२ अन्तर्गतको पहिलो खेलमा अष्ट्रेलिया विजयी भएको छ। दक्षिण अफ्रिका विरुद्धको खेलमा ५ विकेटको रोमाञ्चक जित हात पार्दै अष्ट्रेलियाले विश्वकपमा विजयी सुरुवात गरेको हो। अबुधाबीस्थित जयद क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले दक्षिण […]
%d bloggers like this: