चेल्सीलाई अर्को युरोपियन कप जित्ने मौका

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यूईएफए सुपर कपको ४६औं संस्करणका लागि आज चेल्सी र भिल्ला रियाल भिड्दैछन्।

खेल आज राती १२:४५ मा आयरल्याण्डको विन्सोर पार्कमा हुँदैछ।

अघिल्लो वर्षको च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेता बीच सुपर कप खेलिने गरीन्छ।

सन् १९७३ देखि आधिकारिक रुपमा हुँदै आएको यो प्रतियोगिता १९७४,१९८१ र १९८५ मा भने आयोजना गरिएको थिएन।

सन् १९९७ सम्म २ लेगमा सञ्चालन हुँदै आएको यो खेल १९९८ बाट चाहिँ ढाँचा परिवर्तन गर्दै एक लेग मै सम्पन्न हुने गरेको छ।

अघिल्लो सिजन म्यानचेष्टर सिटीलाई १-० ले पराजित गर्दै चेल्सी युरोपियन च्याम्पियन बनेको थियो भने म्यानचेष्टर युनाइटेडलाई पेनाल्टीमा ११-१० ले पराजित गर्दै भिल्ला रियाल युरोपा लीगको हकदार बनेको थियो।

क्लब इतिहासमै पहिलोपटक कुनै पनि युरोपियन उपाधि जितेको भिल्ला रियालको यो पहिलो सुपर कप रहेको छ।

चेल्सीको भने यस प्रतियोगितामा चौथो सहभागिता हो। सन् १९९८ मा रियल मड्रिडलाई पराजित गरेपश्चात चेल्सीले यस प्रतियोगितामा सफलता पाउन सकेको छैन। सन् २०१२ मा च्याम्पियनस् लीग जीते पश्चात सुपर कप फाइनलमा प्रवेश गरेको चेल्सी एट्लेटिको मड्रिड सँग ४-१ ले पराजित हुन पुगेको थियो।

त्यस्तै २०१३ मा युरोपा लिग जितेर अर्को सुपर कपको फाइनलमा पुगेको चेल्सी त्यसबखतको युरोपेली च्याम्पियन बायर्न म्युनिख सँग पेनाल्टीमा पराजित हुन पुगेको थियो।

२०१९ मा युरोपियन च्याम्पियन लिभरपुलसँग फेरि अर्कोपटक हार ब्यहोरेको चेल्सीले सुपर कपमा तीनपटक हार बेहोरिसकेको छ।

अघिल्ला तिन संस्करणमा लगातार हार बेहोरेको चेल्सी यसपटक भने उपाधि जित्दै सिजनको सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। भिल्ला रियाल पनि एक उपाधि जितिसकेको हुनाले आफ्नो क्याबिनेटमा अर्को युरोपियन ट्रोफि सजाउने उधेश्यका साथ खेलमा प्रस्तुत हुने छ।

प्रतियोगितामा सबैभन्दा सफल टिम भने बार्सिलोना रहेको छ। कुल ९ फाइनल खेलेको बार्सिलोनाले ५ मा विजय तथा चारमा पराजय भोगेको छ।बार्सिलोना संगै मिलानले पनि पाँचपटक यो प्रतियोगिता जितेको छ भने रियल मड्रिड र लिभरपुलले समान चारपल्ट जित्न सफल भएका छन्। चेल्सीले एकपटक सुपर कप जितेको छ भने भिल्ला रियालको यो डेब्यु प्रतियोगिता रहेको छ।

 

Leave a Reply

Next Post

चेल्सीमा टसेललाइ लगातार अर्को युरोपियन ट्रफी !!

Thu Aug 12 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। च्याम्पियन्स लिगको बर्तमान बिजेता चेल्सी र बर्तमान युइएफ़ए युरोपा लिग भिल्लारियल बिजेता बीच गएराती भएको युइएफ़ए सुपर लिग अन्तर्गतको फ़ाइनल खेलमा चेल्सी बिजयी भएको छ। दुवै टोलिले उल्लेखनिय सुरुवात गरेपनि , २७ औ मिनेटमा चेल्सीका हाकिम जियेचले हाबर्ट्जको पासमा गोल गर्दै चेल्सीलाइ पहिलो अग्रता दिलाएका थिए। […]
%d bloggers like this: