चेल्सी र म्यान्चेस्टर युनाईटेड बिचको खेल बराबर

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी र म्यान्चेस्टर युनाईटेड बीचको खेल एक एकको बराबरीमा टुंगिएको छ।

स्ट्यामफर्ड ब्रिजमा हालको लिग लिडर रहेको राम्रो खेल देखाएपनि पाएको मौकामा गोल गर्न नसक्दा युनाइटेड विरुद्ध थप २ अंक गुमाउन पुगेको थियो।

पहिलो हाफमा निकै रक्षात्मक खेल प्रस्तुत गरेको म्यान्चेस्टर युनाइटेडले चेल्सीको पोष्टमा एउटै गतिलो प्रहार गर्न सकेन।

आफ्ना स्टार खेलाडि क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेर खेलको सुरुवात गरेको म्यानचेस्टर युनाइटेडलाई चेल्सीको पोष्टमा गोल पुर्याउन पनि निकै मुस्किल परेको थियो।

अधिकांश समय युनाइटेडलाई दबाबमा राखेको चेल्सीको केही महत्वूर्ण प्रहार म्यानचेस्टरका किपर डेविड डीगीयाले आकर्षक बचाव गर्दै टोलीलाई खेलमा राखेका थिए।

दोस्रो हाफमा तुलनात्मक रुपमा आक्रामक भएर उत्रिएको पाहुना टोलीलाई इंग्लिस विंगर जेडन सान्चोले शानदार काउन्टर अट्याक गोल गर्दै अग्रता दिलाएका थिए।

चेल्सीका मिडफिल्डर जोर्गीन्होको गम्भीर गल्तिको फाइदा उठाउदै खेलको ५०औ मिनेटमा सान्चोले मैदानको हाफबाटै एकल प्रयासमा स्तरिय गोल गरेका थिए। एक गोलले पछि परेको चेल्सीले खेलमा फर्किने थुप्रै मौकाहरु खेर फ्यालेको थियो।

तर दोस्रो हाफको मध्यान्हमा चेल्सीले पाएको कर्नरमा युनाईटेडका राईट ब्याक आरोन वान बिसाकाले थियेगो सिल्भालाई फल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो।

आफुले गरेको गम्भीर भूलको चोट बिर्साउदै जोर्गीन्होले दोस्रो हाफको ६९औं मिनेटमा गोल गर्दै चेल्सीलाई बराबरीको स्थितिमा ल्याएका थिए।

चेल्सीका किपर मेन्डीले खेलको अन्त्यमा आफ्नै डी एरिया छेउ गरेको गल्तिको फाइदा उठाउन नसक्दा युनाईटेडले खेल जित्न बाट बन्चित भएको थियो। आफ्ना सहकर्मीलाई दिन खोजेको पास सिधै युनाईटेडका मिडफिल्डर फ्रेडको खुट्टामा पुगेको थियो, उनले चिप गर्ने प्रयासमा सुवर्ण मौका खेर फ्यालेका थिए।

खेल बराबरीमा ल्याएपनि अग्रता लिने थुप्रै अवसरहरु चेल्सीले गुमाएको थियो। नतिजा संगै चेल्सी तालिकामा ३० अंकका साथ पहिलो स्थानमा यथावत छ भने सिटि २९ अंकका साथ दोस्रो स्थानमा आईपुगेको छ।

म्यानचेस्टर युनाईटेडको भने १८ अंक भएको छ भने हाललाई तालिकाको आठौं स्थानमा बसेको छ।

 

Leave a Reply

Next Post

शिर्ष स्थानमा रियल मड्रिडको बर्चश्व कायमै

Mon Nov 29 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस ला लिगा अन्तर्गत आइतबार बेलुकी भएको खेलमा जित निकाल्दै रियल मड्रिडले शीर्ष स्थानमा आफ्नो दबदबा कायमै राखेको छ। घरेलु मैदान सेन्टियागो बर्नेबोउमा भएको खेलमा सेभिल्लालाई २-१ गोल अन्तरले पराजित गर्दै रियलले अपराजित यात्रा लाई ९ खेल पुर्याएको छ। खेलमा एक गोलले पछि परेको स्थितीलाई उल्ट्याउँदै […]
%d bloggers like this: