च्याम्पियन्स लिगको समूह चरणको खेल आज बाट: बार्सिलोना र बायर्न आपसमा भिड्दै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ| युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणका खेल आज बाट सुरु हुँदैछन्।

५ पटकको युरोपेली च्याम्पियन्स लिग विजेता बार्सिलोना र ६ पटक उपाधि जितेको बायर्न म्युनिख आफ्नो समूह चरणको पहिलो खेलमा राति १२:४५ मा आमनेसामने हुनेछन्।

बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा हुने उक्त खेल युरोपियन ड्र सक्किने बित्तिकै देखि निकै बहुप्रतिक्षित रहेको छ।

अझ दुई वर्षअगाडि क्वार्टर फाइनलमा भोगेको नमीठो हारको बदला लिने बार्सिलोनाका लागि उत्तम अवसर रहेको छ।

अर्को तिर नयाँ प्रशिक्षक जुलियन निगालम्यानको नेतृत्वमा बायर्न म्युनिख सातौँपटक उपाधि जित्ने दाउमा यसपटक सिजन अगाडि बढाउने देखिन्छ।

त्यसैगरी अर्को खेलमा तीनपटकको युरोपेली च्याम्पियन म्यानचेष्टर यूनाइटेड समूह एफ अन्तर्गत पहिलो खेलमा योङ्ग ब्वाइजको सामना गर्दैछ।

करिब चार वर्षदेखि उपाधि बिहीन रहेको म्यानचेष्टर युनाइटेडले यसपाली घरेलु लिग अथवा च्याम्पियन्स लीग मध्ये एक उपाधि जित्नै पर्ने दबाबमा छ।

गत २ सिजन यता च्याम्पियन्स लिग फुटबलमा निकै राम्रो प्रदर्शन गरिरहेको इटालियन टोली एटलान्टाले साविकको युरोपा लिग विजेता भिल्लारियल सँग प्रतिस्पर्धा गर्दैछ।

गत सिजनको युरोपेली च्याम्पियन चेल्सीले भने जेनितको सामना गर्दैछ। प्रशिक्षक थोमस टुकेलको नेतृत्वमामा उत्कृष्ट प्रदर्शन गरिरहेको लगातार दुई उपाधि जित्ने होडमा निस्किएको छ।

गत सिजन खराब फर्ममा गुज्रिएको युभेन्टस्ले स्विडिस टोली मालमो सँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने छ। यसपाली पनि लिगमा निकै खराब प्रदर्शन गरिरहेको युभेन्टसका लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ।

अर्को खेलमा युक्रेनको च्याम्पियन डैनामो किभले पोर्तुगिज़ टोलि बेन्फिका संग प्रतिस्पर्धा गर्ने छ।

आज रातिको खेल तालिका : ( नेपाली समयअनुसार)

 

राति १०:३० मा : २ खेल

१)सेविल्ला बिरुद्ध साल्ज्बर्ग

२)योंग ब्वाइज विरुद्ध म्यानचेस्टर युनाईटेड

 

राति १२:४५ मा : ६ खेल

१)लिल विरुद्ध वुल्फ्सबर्ग

२)भिल्लारियल विरुद्ध एटलान्टा

३)चेल्सी बिरुद्ध जेनित

४)माल्मो विरुद्ध युभेन्टस

५)बार्सिलोना विरुद्ध बायर्न म्युनिख

६)बेन्फिका विरुद्ध डैनामो किभ

Leave a Reply

Next Post

ओमान बिरुद्ध नेपालको कमजोर प्रदर्शन, १९७ रनको लक्ष्य प्रस्तुत

Tue Sep 14 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपाल र ओमानबीचको पहिलो इनिङको खेल समाप्त भएको छ। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ओमान सामु १९७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। आशिफ शेख बाहेक अन्य ब्याट्सम्यानहरुले फितलो प्रदर्शन गर्दा नेपाल एक पटक पुनः २०० रन भन्दा […]
%d bloggers like this: