हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आज बेलुकी केही महत्वपूर्ण खेलहरु हुँदैछन्।
च्याम्पियन्स लिगमा समूह ई अन्तर्गत दुई खेलमा एक अङ्क पनि जित्न नसकेको बार्सिलोनाको टोलीले डैनामो किभ सँग प्रतिस्पर्धा गर्नेछ।
आजको खेल जित्न नसकेको खण्डमा बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिदै युरोपा लिगमा घटुवा संगै समूह चरणबाटै बाहिरिने सम्भावना पनि थपिनेछ, तसर्थ आज बार्सिलोनाको टोलीलाई शत प्रतिशत जित निकाल्नै पर्ने दबाब रहेको छ।
दुई खेलमा लगातार पराजय व्यहोरेको बार्सिलोनाको टोलीलाई आजको खेल नकआउट चरणमा पुग्नका लागि जित्नै पर्ने दबाब रहेको छ।
समूह एफ मा रहेको क्रिस्टियानो रोनाल्डोको म्यानचेस्टर युनाईटेडलाई आज सुधारिएको प्रदर्शन गर्दै एटलान्टा विरुद्ध घरेलु मैदानमा सुखद नतिजा निकाल्ने अर्को दबाब रहेको छ।
जारी सिजनमा केहि समय यता निकै खराब परिस्थितिबाट म्यानचेस्टरको टोलि उक्लिन सकिरहेको अवस्था छैन।
लगातार खराब फर्मबाट गुज्रिरहेको युनाइटेडको टोली लेस्टर सिटि विरुद्ध उसको घरेलु मैदानमा हालेको लज्जास्पद हारलाई बिर्साउनका लागि भए पनि आज म्यानचेष्टर युनाइटेडलाई जित्नैपर्ने दबाब रहेको छ
अर्को खेलमा समूह जी अन्तर्गत अस्ट्रियाको टोली साल्जबर्गले जर्मन टोलि वुल्फ्स्बर्ग संग प्रतिस्पर्धा गर्दैछ।
यसैगरी समूह एच मा पहिलो स्थानमा रहेको ईटालियन महारथी युभेन्टसले जेनितको सामना गर्ने छ।
यसपटकको युरोपेली च्याम्पियन चेल्सीले समुह एच अन्तर्गतनै स्विड़ीस क्लब माल्मो सँग प्रतिस्पर्धा गर्नेछ।
समूह ई मा शतप्रतिशत नतिजा निकाल्दै अहिले सम्म एक गोल पनि नखाएको बायर्न म्युनिखले दोस्रो स्थानमा रहेको बेन्फिका विरुद्ध प्रतिस्पर्धा गर्दैछ।