हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आज बेलुकी डिफेन्डिंग च्याम्पियन चेल्सी र रियल मड्रिड आमने सामने हुँदैछन् ।
क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगमा चेल्सीले सर्वाधिक १३ पटकको च्याम्पियन विजेता रियल मड्रिडविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ।
समूह चरणलाई बिना कुनै कठिनाई पार गरेको चेल्सीले प्रिक्वाटरफाइनलमा लिल विरुद्ध सहज नतिजा निकालेको थियो।
तर दुई साताको अन्तराष्ट्रिय ब्रेक पश्चात प्रिमियर लिगमा यसै साता स्ट्यामफर्ड ब्रिज भएको खेलमा ब्रेंटफोर्ड विरुद्ध ४-१ ले सतब्द भएको थियो।
पछिल्ला पाँच खेलमा एकमात्र पराजय बेहोरे पनि चेल्सीले यसैसाता व्यहोरेको नतिजाले रियल विरुद्धको खेल केहि कठिन देखिने हो कि भन्ने आशंका उत्पन्न भएको छ।
अर्कोतिर पीएसजीलाई सनसनीपूर्ण पराजय देखाउँदै रियल मड्रिडले क्वार्टर फाइनलमा यात्रा तयार गरेको हो ।
चिरप्रतिद्वन्द्वी बार्सिलोना विरुद्ध घरेलु मैदानमै ४-० को नमिठो पराजय बेहोरे पनि रियलले यसअघि को खेलमा राम्रो कमब्याक गर्न सफल भएको छ।
शीर्ष स्थानमा रहेको रियल मड्रिड टोलीमा करिम बेन्जेमाको पुनरागमन सँगै पुनः लय समात्ने अनुमान गर्न सकिन्छ।
चेल्सीका पूर्व स्टार एडेन हजाडले भने चोटका कारण खेल गुमाउने छन।
दुबै टोलीले पछिल्ला पाँच खेलमा एकमात्र पराजय बेहोरेका कारण खेल आज निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान लगाउन सकिन्छ।
प्रिमियर लिगमा उपाधि को होडबाट लगभग बाहिरिसकेको चेल्सीका लागि यस सिजनको ठूलो प्रतियोगिताका रूपमा युरोपियन कप जित्नु निकै महत्वपूर्ण रहेको छ।
गत सिजन रियल मड्रिड चेल्सीकै हात बाट पराजित हुँदै प्रतियोगीताबाट बाहिरिएको थियो। आज उक्त हारको प्रतिशोध लिने उसलाई राम्रो मौका रहेको छ।
अर्कोतिर ला लिगामा दोस्रो स्थानको बार्सिलोना विरुद्ध १२ अंकको स्पष्ट अग्रता बनाएको रियल मड्रिड, च्याम्पियन्स लिगमा पनि आफ्नो दबदबा बनाउँदै दुई प्रमुख ट्रफी हात पार्ने योजनामा देखिन्छ।