च्याम्पियन्स लिगमा आज महत्वपुर्ण खेलहरु हुँदै (तालिका सहित)

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आज  समुह चरणमा चौथो चरणका खेलहरु हुँदैछन्।

समूह ‘एच’ अन्तर्गत दोस्रो स्थानमा रहेको चेल्सीले जितविहीन रहेको मालमाे विरुद्ध उसकै घरेलु मैदान एलडा स्टेशनमा खेल्दैछ।

समूह ‘जी’ मा शीर्ष स्थानमा रहेको साल्जबर्गले अन्तिम स्थानमा रहेको जर्मन टोली वोल्फस्बर्गको सामना गर्दैछ। आजको खेल जितेको खण्डमा साल्जबर्ग लगभग अर्को चरणमा प्रवेश गर्नेछ।

समूह ‘एफ’ अन्तर्गत दोस्रो स्थानको विल्लारियलले योङ्ग ब्वाईजको सामना गर्दैछ। समूह एफ मा आज सम्पूर्ण खेलहरु महत्वूर्ण रहेका छन्।

समूह ‘एच’ अन्तर्गत अहिलेसम्म अपराजित रहेको युभेन्टसले जेनिथ विरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ। आज जेनिथ विरुद्ध शतप्रतिशत जित निकाले युभेन्टस अर्को चरणका लागि छनौट हुनेछ।

समूह ‘एफ’ अन्तर्गतनै अघिल्लो खेलमा म्यान्चेस्टर युनाईटेड विरुद्ध अघिल्लो खेलमा हारको बदला लिने लक्ष्यका साथ इटालियन टोलि एटलान्टाले रेड्स टोलीलाई आतिथ्यता गर्ने छ।

समूह ‘ई’ को महत्वपूर्ण खेलमा बार्सिलोना र डाईनमो किभ आपसमा प्रतिस्पर्धा गर्दैछन्।२ खेल हारिसकेको बार्सिलोनाको टोलीको लागि यो खेल निकै महत्वपूर्ण रहेको छ। डाइनामो विरुद्ध जित निकाल्न नसकेको अवस्थामा बार्सिलोना प्रतियोगिताबाट बाहिरिने अथवा युरोपा लिगमा झर्ने प्रबल सम्भावना रहेको छ।

समहु ई मा शतप्रतिशत नतिजा सहित पहिलो स्थानमा बसेको बायर्न म्युनिखले दोस्रो स्थानको बेन्फिका विरुद्ध प्रतिस्पर्धा गर्दैछ। पोर्चुगिज टोली विरुद्ध जित निकालेको खण्डमा बायर्न नकआउट चरणमा प्रवेश गर्नेछ।

समुह जी अन्तर्गत नै सेभिल्ला र लिल आपसमा भिड्दैछन्। दुवै टोलीलाई प्रतिस्पर्धामा रहन खेल जित्नै पर्ने अवस्था रहेको छ।

 

Leave a Reply

Next Post

मेस्सीले च्याम्पियन्स लिगमा लाईपजिग बिरुद्धको खेल गुमाउने

Tue Nov 2 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ह्यामस्ट्रिङ र घुँडाको समस्याका कारण संघर्षरत सुपरस्टार लियोनल मेस्सीले बुधबार आरबी लाइपजिगमा पेरिस सेन्ट-जर्मेनको च्याम्पियन्स लिग खेल गुमाउने भएका छन्। अर्जेन्टिनाका फरवार्डलाई पीएसजीको समूह ‘ए’ को २१ सदस्यीय टोलीबाट भोलि हुने खेलबाट हटाइएको छ। माउरिसियो पोचेटिनोको टोलीलेले खेल जित्दै अन्तिम-१६ चरणमा एक कदम नजिक पुग्ने लक्ष्य […]
%d bloggers like this: