च्याम्पियन्स लिगमा आज महत्वपूर्ण खेलहरु हुँदै ( तालिका सहित)

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको अन्तिम खेलमा आज महत्वपूर्ण खेलहरु हुँदैछन।

आज राति ११:३० मा दुई खेल हुँदैछन् : पेरिस सेन्ट जर्मन र क्लब ब्रुग , लाईपजिग र म्यान सिटि , अन्य खेल भने १ :४५ मा हुँदैछ।

समूह ‘ए’ अन्तर्गत फ्रेन्च महारथी पिएसजीले क्लब ब्रुगसँग घरेलु मैदानमा खेल्दैछ भने आरबी लाइप्जिगले म्यानचेस्टर सिटीसँग खेल्दैछ।

समूह ए बाट  म्यानचेस्टर सिटी समूह विजेता तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरिसकेका छन्।

लाईपजिग र ब्रुग मध्ये एक टोलीले युरोपा लिगमा प्रतिष्पर्धा गर्नेछन।

समुह ‘बी’ मा एफसी पोर्टाे र एट्लेटिको म्याड्रिड तथा एसी मिलान र लिभरपुल प्रतिस्पर्धा हुनेछ ।

समुहमा अपराजित रहेको लिभरपुल अहिले सम्म १५ अंक जोडेर नक आउट चरण प्रवेश गरिसकेको छ।

पोर्टाे, मिलान र एट्लेटिको म्याड्रिडको नकआउट चरण पुग्ने सम्भावना रहेको छ।

यो दुई खेलमा बराबरीको नतिजा निस्किएको खण्डमा पोर्टाे समूह उपविजेता बन्दै अघि बढ्नेछ। लिभरपुललाई हराएको खण्डमा मिलानको अर्को चरणमा पुग्ने सम्भावना प्रबल रहेको छ।

समूह ‘सी’ मा आयाक्सले स्पोर्टिङ सँग तथा बोरुसिया डर्टमुन्डले बेसिक्टाससँग खेल्दैछ।

आयाक्स र स्पोर्टिङ सिपीले नकआउट चरणमा स्थान पक्का गर्दा डर्टमुनन्ड र बेसिक्टास बाहिरिसकेको छ। बोरुसिया युरोपा लिगमा घटुवा भइसकेको छ।

समूह ‘डी’ मा रियल म्याड्रिडले इन्टर मिलानसँग तथा साख्तर डोनेस्कले एफसी सेरिफसँग खेल्दैछ ।

यो समूहबाट रियल र इन्टरले नकआउट चरणको यात्रा तय गरिसक्दा सेरिफ र साख्तर बाहिरिसकेका छन् ।

 

Leave a Reply

Next Post

आफैंप्रति इमान्दार हौ, खाली शब्दमा मात्र होइन-लेवान्डोस्कीको मेस्सीलाई जवाफ

Tue Dec 7 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बेलुन डी ओर २०२१को बिषयमा बाक्लो चर्चा पछि पोलिश स्ट्राइकर रोबेर्ट लेवान्डोस्कीले अन्ततः आफ्ना भावना हरु राखेका छन्। सन २०२१ को बालोन डी’ओरको दौडमा लियोनल मेस्सी आफ्नो सातौ उपाधि जित्दा रोबर्ट लेवान्डोस्की दोस्रो भएका थिए। तर रोबेर्टलाई पेरिस सेन्ट जर्मेनका फरवार्ड मेस्सिले अवार्ड दौरान २०२० को […]
%d bloggers like this: