च्याम्पियन्स लिगमा आज महत्वपुर्ण खेलहरु हुदैँ, यस्तो छ खेल तालिका

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको तेस्रो चरणका खेलहरु आज हुँदैछन्।

कुल ६ चरणमा खेलिने समूह चरणमा खेलिने खेलमा आजको नतिजाले अर्को राउण्डमा पुग्नका लागि महत्वपूर्ण खाका कोर्दछ।

६ पटकको च्याम्पियन्स लिग विजेता लिभरपुलले एटलेटिको मड्रिडको विरुद्ध वण्डा मेट्रोपोलितानोमा प्रतिस्पर्धा गर्ने छ।

ग्रुप ओफ डेथमा रहेको लिभरपुल दुई खेलमा दुई जित निकाल्दै समूहको शीर्ष स्थानमा छ भने एथ्लेटिको मड्रिड ४ अंकसहित दोस्रो स्थानमा बसेको छ।

त्यसैगरी समूह ए अन्तर्गत इंग्लिश महारथी म्यानचेष्टर सिटी क्लब ब्रुग विरुद्ध जितको खोजीमा हुनेछ भने म्यानचेस्टर सिटी विरुद्ध सकारात्मक नतिजा निकाल्दै अर्को चरणमा छनौट हुने सम्भावनालाई आत्मसाथ गर्दै ब्रुग मैदानमा उत्रनेछ।

समूह डी बाट रियल मड्रिडले पुछारमा रहेको सख्तर डोनेस्कको सामना गर्नेछ। अघिल्लो खेलमा घरेलु मैदानमा शेरिफ विरुद्ध अप्रत्याशित हारको पिडा भुलाउन मड्रिडलाई यो खेल जित्नै पर्ने दबाब रहेको छ।

समूह ए अन्तर्गतकै पहिलो स्थानमा रहेको पेरिस सेन्ट जर्मेन जितबिहीन रहेको आरबि लाईपजिग विरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने छ। ग्रुप अफ डेथमा रहेको पेरिस, आजको खेल जित्न सफल भएमा अर्को राउण्डमा पुग्ने सम्भावना अझ बलियो हुने छ।

समुह डी अन्तर्गत समूहको तेस्रो स्थानमा रहेको इन्टर मिलानले पहिलो स्थानमा रहेको शेरिफलाई आफ्नो घरमा आतिथ्यता गर्ने छ। अघिल्लो खेलमा रिअल मड्रिड विरुद्ध जित निकालेको सेरिफ विरुद्ध इन्टर सजग हुनुपर्ने देखिन्छ।

समूह बी मा जित्नैपर्ने दबाबमा रहेका एसी मिलान र पोर्टो शतप्रतिशत जितको खोजीमा मैदानमा उत्रने छन्। खेल पोर्टो को घरेलु मैदानमा खेलिनेछ ।

 

 

 

Leave a Reply

Next Post

यि हुन अन्तर्राष्ट्रिय टि-ट्वान्टी खेलमा ४ बलमा ४ विकेट लिने बलरहरु

Tue Oct 19 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जारी टि-ट्वान्टी विश्वकपमा आयरल्याण्डका फास्ट बलर कर्टिस क्याम्फरले  ४ बलमा ४ विकेट लिंदै इतिहाँस बनाउदा इन्टरनेटमा तहल्का मच्चाए। तहल्का नहोस् पनि किन ह्याट्रिक त बिरलै मात्र देख्न पाईने क्रिकेटमा ४ बलमा ४ विकेट त झन सोच भन्दा परको कुरा। कर्टिस क्याम्फरले नवौं ओभरको दोश्रो, तेश्रो, चौंथो […]
%d bloggers like this: