हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली स्ट्राइकर एम्बाप्पेले च्याम्पियन्स लिगमा क्लब ब्रुग विरुद्ध दुई गोल गर्दै रेकर्ड बुकमा आफ्नो नाम लेखाएका छन्।
केलियन एमबाप्पेले पीएसजीका सहयात्री लियोनल मेस्सीको अघिल्लो रेकर्ड तोड्दै च्याम्पियन्स लिगमा ३० गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेर आफ्नो पहिले नै चम्किलो करियरमा अर्को कोसेढुङ्गा पूरा गरेका हुन।
फ्रान्सेली स्ट्राइकरलाई पार्क डेस प्रिन्सेसमा क्लब ब्रुग विरुद्ध गोल गर्न मात्र ७० सेकेन्डको समय आवश्यक थियो।
यसो गर्दा उनले २२ वर्ष ३५२ दिनको उमेरमा च्याम्पियन्स लिगको ३० गोल पूरा गरे भने मेस्सी २३ वर्ष १३१ दिनको उमेरमा सन् २०१० मा त्यो कोसेढुंगामा पुगेका थिए।
एमबाप्पेको ओपनर सेप्टेम्बर २०१६ पछि पीएसजीको सबै भन्दा कम समयमा गरेको च्याम्पियन्स लिग गोल थियो, जब एडिन्सन काभानीले आर्सनल विरुद्ध गोल गर्न मात्र ४२ सेकेन्ड लिएका थिए।
एम्बाप्पेलाई फेरि एक पटक गोल गर्न धेरै समय लागेन, स्ट्राइकर एन्जल डि मारियाको पासले ६ मिनेट २३ सेकेण्डमा पीएसजीको अग्रता दोब्बर पारे।
रियलका रोड्रिगो पछि, जसले नोभेम्बर २०१९मा ग्यालाटासरी विरुद्ध रियल म्याड्रिडको लागि दुई पटक गोल गर्न मात्र छ मिनेट १३ सेकेन्ड लिए, एम्बाप्पे खेलमा सुरुवात गर्दै सबै भन्दा चाडो दुई गोल गर्ने अर्का खेलाडी बनेका छन्।
आफैले गोल गर्नमा सन्तुष्ट नभएपछि एमबाप्पेले ३८ मिनेटमा मेस्सीलाई पिएसजीको तेस्रो गोल गर्नका लागि एस्सिस्ट दिएका थिए।
एमबाप्पेले यो सिजन अहिलेसम्म पीएसजीका लागि सबै प्रतियोगितामा २२ खेलमा ११ गोल र १४ असिस्ट गरेका छन् ।
म्याट रिट्सले दोस्रो हाफमा ब्रुगका लागि एक फर्काएपछि, मेस्सीले पेनाल्टी जितेका थिए जसलाई गोलमा परिणत गर्दै ४-१ ले सहज जित दिलाए।