च्याम्पियन्स लिगमा माने र रोनाल्डोको रेकर्ड बराबर

हाम्रो नेपाल स्पोर्ट्स ,काठमाडौं| च्याम्पियन्स लिगमा गएराति सम्पन्न खेलमा गोल गर्दै लिभरपुल स्टार फर्वाड माने रोनाल्डो संगको रेकर्ड बराबरी गरेका छन्।

पोर्चुगिज क्लब बेन्फिकालाई उसकै घरेलु मैदानमा ३-१ ले पाखा लगाएको लिभरपुलका लागि गोल गर्दै उनले रेकर्ड बराबरी गरेका हुन।

गोलसँगै उनले पछिल्लो ५ वर्षमा क्वार्टरफाइनलमा गोल संख्या १३ पुर्याएका छन् जुन रोनाल्डोले पछिल्लो पाँच बर्षमा गरेको गोल सँगको बराबरी रहेको छ। 

च्याम्पियन्स लिगमा क्रिस्टियानोको पूर्ण रेर्कड भने क्वार्टर फाइनलमा २३ गोलको रहेको छ।

लिभरपुलका लागि स्थानान्तरण सँगै उत्कृष्ट लयमा रहेका साडियो मानेले, अनुबन्ध भए पश्चात प्रतियोगितामा कुल २२ गोल गरिसकेका छन्।

२ सिजन अघि लिभरपुललाई च्याम्पियन्स लिगमा विजेता बनाउन प्रमुख भूमिका खेलेका मानेले यस सिजन सबै प्रतियोगितामा गरेर २२ गोल गरिसकेका छन्।

५ पटकका बेलुन डी ओर बिजेता तथा युरोपियन प्रतियोगितामा कीर्तिमानी गोलकर्ता रोनाल्डोसँग कीर्तिमानी बराबरी गरेपछि उक्त अनुभवको बारेमा प्रश्न गर्दा, उनले रेकर्ड भन्दा महत्वपुर्ण कुरा टोलीलाई जित दिलाउन सकेकोमा निकै खुशी रहेको बताएका थिए।

पहिलो लेगमा ३-१ को अग्रता बनाएको लिभरपुलले दोस्रो लेगमा बेन्फिका विरुद्ध १४ अप्रिलमा घरेलु मैदान एनफिल्डमा प्रतिस्पर्धा गर्नेछ।

 

Leave a Reply

Next Post

लेवान्डोस्कि भित्र्याउने दाउमा बार्सिलोना

Wed Apr 6 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्टार फरवार्ड रोबर्ट लेवान्डोस्की र बायर्न म्युनिखको बढ्दो दुरीले हालैको दिनमा निरन्तरता पाएको छ। आफ्नो सम्झौता सकिनै लागिरहेको बेला बायर्न म्युनिखले लेवान्डोस्कीलाई नयाँ करार दिने अथवा नदिने भन्ने अन्योल बढेको छ। उनको भविष्य अन्योल बढेसँगै युरोपमा शीर्ष क्लबहरुले उनलाई भित्राउन आफ्नो गृहकार्य सुरु गरेका छन्।  लेवान्डोवस्कीलाई […]
%d bloggers like this: