च्याम्पियन्स लिगमा रियल मड्रिडले गर्यो गोलको बर्षा, एल क्लासिको अघि राम्रो सन्देश

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| समूह डी अन्तर्गत हिजो भएको खेलमा रियल मड्रिडले शख्तर विरुद्ध गोलको बर्षा गरेको छ।

साख्तरको घरेलु मैदान ओलिमपिस्कीमा भएको खेलमा पाहुना टोलि मड्रिडले ५-० को शानदार जित निकाल्न सफल भएको थियो।

रियलको जितमा ब्राजिलीयन युवा खेलाडी भिनिसियस जुनियरले दुई, रोड्रिगो र कप्तान करिम बेन्जेमाले एक-एक गोल गरे।

साख्तरको क्रिभस्टभले बेन्जेमालाई आएको क्रस क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुग्दा रियलले आत्मघाती गोलबाट पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो।

अघिल्लो खेलमा शेरिफ बिरुद्धको हार बिर्साउदै दोस्रो हाफमा झन आक्रामक बनेको पाहुना टोलीले थप ४ गोल गर्न पुगेको थियो।

५१औं मिनेटमा ब्राजिली युवा विंगर भिनिसियसको गोलमा रियलले खेलमा अग्रता दोब्बर बनायो । लुका मोड्रिकको पासलाई सदुपयोग गर्दै भिनिसियसले व्यक्तिगत पहिलो र टोलीको लागि दोस्रो गोल गरेका थिए।

५६औं मिनेटमा युवा विंगर भिनिसियसले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ६५औं मिनेटमा अर्का ब्राजिली विंगर फरवार्ड रोड्रिगोले गोल गर्दै रियललाई ४-० फराकिलो जिततर्फ अघि बढाए। थप इन्ज्युरी समयको पहिलो मिनेटमा कप्तान करिम बेन्जेमाले मार्काे एसेन्सियाको पासमा गोल गर्दै रियललाई ५–० को सानदार जित दिलाए।

यो जितसँगै रियल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । समान ६ अंक रहेको मोल्ड़ोभियन टोलि सेरिफ समूह डी मा शिर्ष स्थानमा रहेको छ। रियलले घरेलु मैदानमा गत हप्ता दोस्रो चरणको खेलमा सेरिफसँग २–१ को हार बेहोरेको थियो।

रियलको आगामी खेल शाख्तर संगै आफ्नै घरेलु मैदानमा रहेको छ भने यसै साता घरेलु लिगमा बहुप्रतिक्षित एल क्लासिको अन्तर्गत बार्सिलोना विरुद्ध नोउ क्याम्पमा प्रतिष्पर्धा गर्दैछ।

 

Leave a Reply

Next Post

च्याम्पियन्स लिगमा आजका खेलहरु(तालिका सहित) : बार्सा र म्यान युनाईटेडलाई जित्नै पर्ने दबाब

Wed Oct 20 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आज बेलुकी केही महत्वपूर्ण खेलहरु हुँदैछन्। च्याम्पियन्स लिगमा समूह ई अन्तर्गत दुई खेलमा एक अङ्क पनि जित्न नसकेको बार्सिलोनाको टोलीले डैनामो किभ सँग प्रतिस्पर्धा गर्नेछ। आजको खेल जित्न नसकेको खण्डमा बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिदै युरोपा लिगमा घटुवा संगै समूह चरणबाटै […]
%d bloggers like this: